बुधबार, चैत्र १९, २०८१
Wednesday, April 2, 2025

अनेरास्ववियु छेडागाड नगर कमिटि अध्यक्ष अखिल( क्रान्तिकारी )मा प्रवेश दाेस्राे नगर सम्मेलन सम्पन्न

  • 146
  •  
  •  
  •  
  •  
  •  
  •  
    146
    Shares

माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) छेडागाड नगर समितिको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। अनेरास्ववियू क्रान्तिकारी छेडागाड नगर समिति काे दोस्रो नगर सम्मेलन बाट नारायण अधिकारी काे अध्यक्षता मा नगर समिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।

नगर सम्मेलनमा प्रमुख अतिथि नेकपा माओबादि( केन्द्र ) का केन्द्रीय सदस्य यज्ञ बहादुर खत्री र
विशेष अतिथि जाजरकाेट जिल्ला ईन्चार्ज तथा अखिल ( क्रान्तिकारी )का  केन्द्रीय सचिवालय सदस्य महेश अधिकारी थिए  ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज अधिकारीले र्गुणस्तरीय शिक्षाकाे लागि सबैजना आ आफ्नो  तह तप्काबाट सहयाेग गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

नगर सम्मेलन कार्यक्रममा विभिन्न पार्टी तथा संगठन परित्याग गरी १ दर्जन विद्यार्थीहरु अखिल क्रान्तिकारीमा  प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई शनिबार तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य यज्ञ बहादुर खत्रीले अबिर र खादा लगाएर पार्टीमा , अखिल क्रान्तिकारीमा स्वागत गरेका थिए ।

नगर सम्मेलन बाट नारायण अधिकारी काे अध्यक्षता मा नगर समिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।
अध्यक्ष: नारायण अधिकारी
उपाध्यक्ष : हेमराज खत्री,
” : भगवती सिंह,
” : पुष्पा परियार
सचिव : हेमराज दाहाल
सह सचिव : शक्ति खत्री
” : सर्पराज बस्नेत
कोषाध्यक्ष : रमिता सिंह
४५ सदस्यीय नगर समिति निर्वाचित गरेर नगर सम्मेलन सम्मपन्न भयकाे छ ।
अध्यक्ष नारायण अधिकारी ऐमाले समबद्द अनेरास्ववियु का छेडागाड नगर कमिटिका अध्यक्ष हुन उनले अनेरास्ववियु परित्याग गरि अखिल( क्रान्तिकारी )मा प्रबेश गरेका हुन ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x