मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

छेडागाड नगर स्वास्थ्य अस्पताललाई ३ थान कम्प्युटर सहयोग

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

जाजरकोट, शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर अधिकारीले जाजरकोट छेडागाड नगरपालिका नगर स्वास्थ्य कार्यालयलाई तीन थान कम्प्युटर सहयोग गर्नुभएको छ। उहाँले छेडागाड नगर अस्पताल प्रमुख डा. धिरेन्द्र कुमार झा लाई हस्तान्तरण गर्नुभएको छ ।

विगत लामो समयदेखि सामाजिक सेवामा रहँदै आउनुभएका समाजसेवी युवा अर्जुन बहादुर अधिकारीले समाजका विभिन्न क्षेत्रमा विद्यालय ,स्वास्थ्य ,खेलकुद ,संस्कृति लगायतका सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ।

स्वास्थ कार्यलयलाई अत्यावश्यक कामका लागि  कम्प्यूटर आवश्यकता भएकाले समाजसेवी अर्जुन अधिकारीले ३ थान कम्प्यूटर हस्तानतरण गरिइको छेडागाड नगर अस्पताल प्रमुख डा. धिरेन्द्र कुमारको भनाई रहेको छ।

अस्पतालबाट गर्नुपर्न अत्याबश्यक कामका लागि समस्या भइरहेको बताउँदै उक्त उपकरण प्रदान गरेकोमा अस्पतालका प्रमुख डा. धिरेन्द्र कुमार झाले समाजसेवी अधिकारीलाई धन्यबाद ब्यक्त गर्नुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x