भ्रष्टाचार – सुरेशकुमार पाण्डे

“बाबु ! डाक्टर साहेब कहाँ जानुभयो ?”- दिनारामले पिउनले रोगिहरूलाई ईक्जेक्सन लगाउँदै गरेको देखेर सोधे।
” खै थाहा भएन।” उसले सटिकमा भन्यो।
” बिहानै दिखी आउँनु भएकोछैन की ?दिनारामले फेरी सोधे।
” आऊन त आउँनु भएकोथियो फेरी कता जानुभयो भन्नु भएन।”- पिउनले बतायो।
रोघिहरूलाई उसैले जाँच पड्ताल गर्दै औषधी दिंदै थियो।
” बाबुलाई राम्रै अनुभव रहिछ उपचार गर्ने डाक्टर नभएपनि काम चलाउँदा रहिछौ।”- दिनारामले मुस्कुराउँदै भने।
” हजुर यो गाउँमा डाक्टर त खासै रहँदैनन् औषधी त मै आफै दिनेगर्छु ।अहिले सम्म सबैलाई राम्रै भएको छ मैले उपचार गर्न सकिनभने नगरपालिका पठाइदिन्छु। “-उसले भन्यो।
” एए रेफर पनि बाबुले नै गर्छौ ?”- दिनाराम आश्चार्य प्रकट गर्दै भने।
” होइन -होइन त्यसको लागि त डाक्टर साहेबको सही छाप नभै हुँदैन्।
” कागज तैयार पारेर सदर मुकाम लगेर उतै डाकटर साहेब सँग सहिछाप गराइदिन्छु।तर त्यसको लागि रोघी आफैले भाडा खर्च दिनुपर्छ।”- पिउन मुस्कुराउँदै भन्यो।
” अनि बाबुको शुभ नाम चाहिँ केहो त ?”
” सेवेकलाल “-सटिकमै भन्यो।
” अनि रेफर गर्ने रोघी कत्ती हुन्छन् होला?दिनारामले जिज्ञासा राखे।
“हुन्छन् धेरै आजैपनि दुइटा केस छन् यी कागज तैयार पार्दै छु।रोघीहरूले भाडा खर्च दिने भएकाछन् सँगै लिएर जान्छु।सेवकलाल ले कागजहरू देखाउँदै प्याच भन्यो।
दाङ घोराही १८
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE