इश्वरपुर १२ प्रथम वडा स्तरिय गोल्ड कप फुटबल प्रतियोगिता का विजेता रक्षा युवा क्लब
सर्लाही इश्वरपुर नगरपालिका वडा नम्बर १२ द्वारा आयोजित प्रथम वडा स्तरीय गोल्ड कप फुटबल प्रतियोगिताका विजेता रक्षा युवा क्लब भएको छ ।
असोज १५ देखि उद्घाटन भएको सो कप इश्वरपुर नगरपालिका वडा नम्बर १२ बासी सक्रिय युवाहरूद्वारा र वडा कार्यालयको विशेष पहलमा साथै युवा समाजसेवी बुद्धीजीवी र सम्पूर्ण वडाबासीहरूको आर्थिक सहयोगमा सो खेल उद्घाटन भई आज असोज २३ गते सम्पन्न भएको छ । यस गोल्ड कपमा विजेता रक्षा युवा क्लप भएको छ भने उपविजेता निश्चल युवा कप लालबन्दी १६ भएको छ । सो फाइनल खेलमा रक्षा युवा क्लपले ४:०को फराकिलो जितसहित प्रथम पटक आयोजित गोल्ड कपको ऐतिहासिक जितमा आफ्नो नाम दर्ज गरेको छ । । स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ र दशै पर्वको शुभकामना स्वरूप यस गोल्ड कप प्रतियोगिता आयोजित भएको हो र यस खेललाई सभ्य भव्य र शान्तिपूर्ण ढङ्गले समापन गर्नको लागि यस गोल कप प्रतियोगिताको मूल आयोजक समिति निम्न प्रकार रहेको छ ।
अध्यक्ष :श्री श्याम पार्खिन,
उपाध्यक्ष :प्रकाशमान बल
सचिव :दर्शन लुङ्गेली,
कोषाध्यक्ष :सन्तोष बिक
साथै सदस्यहरू
सविन नुवाइवा
निशान बल
र रोशन बाँकी रहेका छन् ।
यस कार्यक्रमको उद्घाटन सत्रमा असोज १२ गतेको बाढीमा ज्यान गुमाउने एन्फाका खेलाडीहरूलाई श्रद्धाञ्जली व्यक्त गरिएको थियो । । यस कार्यक्रमको अन्तिम खेलमा निर्वाचित वडा सदस्यको रिता विश्वकर्माको प्रमुख अतित्व र समाजसेवी बुद्धिजीवी भिष कुमारी विश्वकर्मा ,हरि लुङ्गेली ,उज्जल बराल भिम खड्का,राजकुमार गोले,राजकुमार खड्का ,गंगाराम विश्वकर्मा लगायतको विशिष्ट आथित्वमा खेल सव्य भव्य र सान्तपूर्ण समापन भएको छ । साथै यस प्रतियोगिताका सञ्चालक समितिका अध्यक्ष श्री स्याम पाख्रिनज्यूले खेललाई प्रत्यक्ष र अप्रतत्यक्ष रूपमा सहयोग पुर्याई खेललाई अन्तिमसम्म साथ दिई खेल समापन गराउने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद प्रकट गरेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE