नलगाड नगरपालिकाकि उपप्रमुख सरिता सिंहको शोकमा ३ दिन सार्बजनिक बिदा


२०८० साल कार्त्तिक १७ गते शुक्रबार राति ११:४७ गते जाजरकोट जिल्लाको बारेकोट-१ रामीडाँडा केन्द्र बिन्दु भई गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले प्रभावित जाजरकोट जिल्लाका नलगाड लगायतका विभिन्न क्षेत्रहरू तथा रुकुम पश्चिम जिल्लाका आठबीसकोट सानोभेरी तथा चौरजहारीका आसपासका क्षेत्रहरूमा धनजनको ठूलो क्षति पुर्याएको छ।
नलगाड नगरपालिका नगर उपप्रमुख सरिता सिङ लगायत ५४ जना मृतक प्रती हार्दिक श्रदान्जली बेक्त गर्दै सम्मानमा मिति २०८० कार्तिक १९ गते नगर कार्यपालिकाको बैठक बसि कार्तिक २१ गते सम्म शोक मनाउने र सार्बजनिक बिदा दिने भएको छ।
भुकम्पमा परि घाइते भएकाहरूको उपचार प्राथमिक अस्पताल दल्ली जाजरकोटमा हुदै छ ।
मृतकका घर परिवारलाई प्रती घर परिवार तत्काललाई कृया खर्च रु १० हजार दरले उपलब्ध गराउने
नलगाड नगरपालिकाका प्रभावित वडाहरुमा ९० प्रतिशत सम्म घरहरू पुर्ण तथा आशिक रुपमा क्षेती भएको छ।
नगरपालिकाको प्रेस विज्ञप्ति
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE