बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

राजनितीक स्थिरता देशको आवश्कता :मन्त्री गिरी

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकेको बताएका छन् ।
पर्वतको दक्षिणी क्षेत्रको गिरीपैयू गाउँपालिका स्थानीयसँग आइतबार भएकाे भेटघाटमा उनले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताएका छन् ।
पैंयू र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरू छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै कानुन निर्माणमा सबै पक्षको सहयोग हुनुपर्ने धारणा राखेका छन् । कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्नेमा जोड दिँदै उनले कानुन अज्ञानता क्षम्य नहुने बताए ।
कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको समेत गिरीको भनाई छ ।

कतिपय कानुन संशोधन गर्न जरुरी रहेको उल्लेख गर्दै गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरू बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरू अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या पनि समस्या परेको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x