कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौंमा मुगुका तस्वीर-भिडियो प्रदर्शन

शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यसपटक मुगु जिल्लाको प्रर्दशनी सुरु गरिएको फाउण्डेशनका अध्यक्ष तथा फोटो पत्रकार भारत बन्धु थापाले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रर्दशनी सुरु गरिएको छ ।प्रर्दशनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यो तस्वीर, भिडियो प्रर्दशनीले कर्णाली प्रदेशको प्रर्वद्धन गर्न सहयोग पुग्ने बताए ।उपसभापति खड्काले कर्णाली पर्यटकीय हिसाबले मात्र नभएर प्राकृतिकरुपले पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए ।
शनिबार देखि सुरु भएको प्रर्दशनी सोमबारसम्म जारी रहने छ । प्रर्दशनीमा जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्वीरका साथै कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादित सामाग्री प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ । प्रर्दशनीमा कविराज कार्की, कुबेरराज कार्की र भरतबन्धु थापाका तस्वीरहरू रहेका छन् ।
संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा कनेक्टिङ कर्णाली सुरु भएको हो । यसअघि सुरुमा दैलेख र डोल्पाको प्रदर्शन भइसकेको छ ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE