मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025

लघुकथा:- भित्तो -सुरेशकुमार पाण्डे

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

” के भयो ?”- रामलालका घरमा धेरै मानिसहरू जम्मा भएको देखेर रूपलालले सोध्यो।
आजभन्दा पहिले कहिल्यै यतिका मानिसहरू त्यो घरमा जुटेका थिएनन्।कुनै वेला रामलाल गाउँकै गन्नेमान्ने मानिस मध्यका हुन्। तर केही वर्ष यता त्यो घर सुनसान थियो।रामलाल दम्पत्ती बुढा भैसकेका थिए।छोराहरू अल्छि स्वाभाका छन्।
” नमस्ते छ सबैलाई ” रूपलाल आगनमा टुप्लुक्क पुग्यो र हात जोड्यो।
रामलाल र उस्को बुढी पेटीमा बसेका थिए। बुहारीहरू आपसमा झग्डिँदै थिए।
” अब नबोल है काली ! कुरा टुङ्गिसक्यो अब चुप लाग। पाठो साझा आजै भलाद्मीहरूले खानेकुरा भयो ।”- जेठो छोरा झग्गु कराहिरहेकी आफ्नि बुढीलाई हकार्न थाल्यो।उनिहरू दिउरानी जेठानी त्यही एउटा बाख्राको पाठोकालाई लिएर आपसमा कल गर्दैथिए। रामलाल दम्पत्ती भने लावारिश अबस्थामा चुपचाप टोलाइ रहेका थिए।
” दुईभाई छुट्टिए र दाई ?”-रूपलालले पेटीमा बसेका रामलाललाई सोधे। “छुट्टिन गाडे अब थोरैले पुगेन।” -रामलालले प्याच भने।उनि अधरमा कालो बाद छाएको थियो।
” अनि हजुरहरू कुन छोरा तिर पर्नुभयो त ?”-रूपलालले बुझ्न खोज्यो।
” खै हाम्रो बारेमा त कुरै उठेको छैन।एउटा पाठोलाई लिएर देउरानी जेठानीको कलपर्यो त्यसैको लागि मिलापत्र गर्न जुटेका छन् भलाद्मी “- रामलालले आफ्नो बुढीतिर पिर्लुक्क हेर्दैभने।
” तिमीहरू एउटा घरमा एउटा गोठमा जाने भएपछि बा आमा कहाँ जान्छन् ? कसले पाल्छ ?” – भलाद्मी मध्यको एकजनाले कुरा उठायो।
” ए झग्गु यो दलानमा भित्तो निकाल बा आमा यही घरको दलानमा बसछन्। हामिले गोठमा लैजान्नौ। ” – कान्छो छोरा रामेले चर्को बोलीमा भन्यो ।

दाङ घोराही १८
२०-०१-२०२५(०७-१०-२०८१)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x