देश बचाउन किरातेश्वरबाट धार्मिक अभियान शुरु

रातो नेपाल।भदौ,२४ काठमाडौ।
धर्म गुरु सोम प्रकाश राइले राष्ट्र वचाउ तथा राष्ट्र बिकासको लागि किरातेश्वरबाट मेचिकाली अभियान शुरु गरेका छन् ।
देश अति दुर्गती घडिमा गुज्रिरहेको बेला देशको असल निकास कसरी गर्न सकिन्छ?भन्ने सवालमा तीन दशकको अध्यात्म ध्यानले दर्शन दिदा राष्ट्रको मुलधर्म मानिने किरात धर्म,बौद्ध धर्म र हिन्दु धर्मलाइ एकतामा राखेर समग्ररुपले अभियान चलाए मात्रै देशले निकास पाउने दर्शन प्राप्ती भएकोले आज सोमबार कै दिन शुरु गरिएको गुरु सोम प्रकाशके बताएका छन् ।
यि तीन धर्मलम्बिको संयुक्त पुजाआजा गरि अभियान शुरु गर्ने क्रममा उनले थप्दै सबै पक्षका मानिसहरु एक भै किरातेश्वर र कोटेश्वरको ज्योतिर्लिङलाई पुन:प्राणप्रतिष्ठा गरे मात्रै देशले निकास पाउने भएकोले देश मेचिकाली अभियानको थालनी गरेका हौं भने।
यस अभियानको मुल उद्देश्य समस्त मानवको एकता साथै विश्व शान्ति एकता रहेको छ।
त्यस्तै,अब अन्य धर्मलम्बिहरुलाइ पनि आग्रह गर्दै अभियानमा थपेर कल्याण मार्ग कोर्ने रहेको पनि बताए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE