दुधको भुक्तानी पाएनन चितवनका किसानले
![](https://ratonepal.com/wp-content/uploads/2021/10/Gamechanger_onlinekhabar_1230x100sgdfgdf-1-1024x83.png)
![](https://ratonepal.com/wp-content/uploads/2024/06/IMG_20240605_083054.png)
जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दुध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् ।
जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दुध उत्पादन हुँदै आएको छ ।
RELATED NEWS ARTICLES
![](https://ratonepal.com/wp-content/uploads/2021/10/1230x100V2-ok1-1-1024x83.gif)
WRITE COMMENTS FOR THIS ARTICLE