प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता निर्माणको खेलमा अब आफ्नो पार्टी नलाग्ने बताएका छन् ।
प्रधानमन्त्रीबाट हटेपछि पार्टीको गतिविधिमा फर्केका प्रचण्डले विराटनगरमा पार्टीको प्रशिक्षणमा अवसर आए पनि यो संसदीय कार्यकालभर आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार लामो समय नजाने अनुमान गर्दै प्रचण्डले भनेका थिए, ‘सरकारमा जाने सम्भावना भएपनि म जादिनँ, पार्टीकै अर्कै साथीलाई सरकारको नेतृत्व गर्न पठाउँछु । हामी जनयुद्धको तयारी गर्ने, जनयुद्ध उठाउने, हजारौं मान्छेहरुको बलिदानपूर्ण महान् क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेहरुलाई हेर्दाहेर्दै पार्टी सिद्धिन लागेको कुरा त कम पीडादायी हुन्छ होला त !
माओवादी कमजोर बन्नुमा पार्टी विभाजन नै मुख्य कारण भएको उनको निष्कर्ष थियो । ‘माओवादी अब बन्दैन’ भन्ने भाष्य परिवर्तन गर्न सम्भव रहेको र आफू त्यसमा लागिपरेको प्रचण्डले बताएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE