आजकल माया

काठमाडौ: वैशाख १६।
आजकल हुने प्रेम अनि भ्रमको यथार्थ चित्रणमा कोरिएको गीत हो ‘आजकल।’
डा.ओम कृष्ण प्रसाईंको बेजोड शब्द तथा उस्तै दमदार अभिनय रहेको ‘आजकल’ बोलको म्युजिक भिडियो केही दिन अघि मात्रै सार्बजनिक भएको छ।उनलाइ अभिनयमा नायिका श्रेया दुलालले साथ दिएकी छिन् ।
छोटो समय मै लोकप्रिय भ्युज अनि स्रोता/दर्शक साथै विष्लेषकको सुन्दर प्रतिक्रिया प्राप्त गरिरहेको यो गीतको राज्य राई देमिनले संगीत तथा निर्देशन गरेका हुन् भने जसलाइ चर्चित गायिका बानिका प्रधानले स्वर भरेकी छिन् ।
गीतको भिडियोले मानिसमा भ्रम पर्नाले सम्बन्ध टुट्न सक्छ भन्ने शन्देश पोखेको देखिन्छ।यो कथा आजकल यथार्थ बनिरहेको छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE