सिरोहियालाई पक्राउ गरेकोमा मिडिया सोसाइटीलाई आपत्ती


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध गरेको छ । बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै विरोध गरेको हो ।
सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरी धनुषा पुर्याएको थियो । सोही विषयमा मिडिया सोसाइटीले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले सङ्घर्ष गर्ने बताए ।
अध्यक्ष कँडेलले पूर्व प्रधानमन्त्रीहरुको समेत नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक परेको हुनसक्ने अनुमान लगाउदै त्यसबारे पनि खोज्नुपर्ने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE