आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

काँधमा भारी, मनमा सपना, पुरु भण्डारीको जीवनकथा

विमल भट्टराई,  पुरु भण्डारी । एक सामान्य गाउँको युवा, जो कठिन परिस्थितिलाई चिर्दै आफ्नो पहिचान निर्माण गर्ने दौडमा अग्रसर देखिन्छन । ओखलढुङ्गा जिल्ला, सिंहदेवी–७, कुवापानी, निकै सुन्दर र शान्त गाउँ । यहि गाउँमा २०५४ साल असार ३ गते जन्मिएका पुरु, वाल्यकाल देखिनै संघर्षको छायाँमा हुर्किए ।
उनको बाल्यकाल आर्थिक अभावका बीच सीमित सुविधामा बित्यो । स्कुल नजिकै भए पनि अध्ययनका लागि समय निकाल्न कठिन थियो । उनको बिहानैदेखि गाईभैंसी चराउने, दूध बजार लैजानेजस्ता जिम्मेवारीले दिनचर्या सुरु हुन्थ्यो । जसो तसो समय मिलाएर दिउँसो विद्यालय जाने र साँझ झिलमिल बत्तिमा गृहकार्य गर्ने उनको नियमित क्रम थियो । वाल्यकाल देखिनै कठोर अनुशासन र धैर्यताको पाठ सिकेका उनि विस्तारै उमेर बढ्दै जादा आफ्नो भित्रि शक्तिलाई आकार दिन थालिसकेको थिए ।

२०७३ साल वैशाखको महिना थियो । जतिबेला उनी केही पुराना कपडा, एक जोडी चप्पल, र अनेक सपना बोकेर राजधानी काठमाडौं छिरेका थिए । राजधानीको व्यस्त सडक, अपरिचित अनुहार र भविष्यको अनिश्चितताले उनलाई कतै बिचलित बनाएन, बरु झन प्रेरित गर्यो । राजधानीमा दिन बित्दै जादा उनको पहिलो जागिर सुरु भयो एक श्रमिकको रूपमा । उनि सुकेधारास्थित ‘अल्फा फर्निचर’ मा काम गर्न थाले ।

केही समय राजधानीमा बिताएका उनि पुन गाउँ फर्किएर “जनसेवा सहकारी  संस्था” मा कम्प्युटर कर्मचारीको रूपमा काम गरे । जिन्दगी केही सहज बनेको थियो, तर दुर्भाग्य उनको आमाको स्वास्थ्यमा अचानक समस्या आयो । आर्थिक अभावले उनलाई फेरि काठमाडौं फर्कन बाध्य बनायो । दुख पछि अवश्य सुख आउछ, यो भनाई उनको जीवनमा पनि लागु भयो । पछिल्लो पटक काठ्माण्डौ फर्किनु उनको जीवनको एक महत्वपुर्ण र भाग्यशाली समय बन्न पुग्यो । उनलाई बालुवाटारस्थित तिरुमाला इन्टरप्राइजेजमा मार्केटिङ म्यानेजरको रूपमा काम गर्ने अवसर प्राप्त भयो । उनको जीवनमा यो केवल जागिर नभै, उनको आत्मबल, परिश्रम र निरन्तरताको हिसाव थियो ।   श्रमिकबाट म्यानेजरको पदमा पुग्नु आत्मविश्वास र सङ्घर्षको जित थियो ।
तर अझै उनलाई एउटा सपनाले जिस्काईरहेको थियो । उनको कला, संगीत र अभिनयप्रति गहिरो मोह थियो । धेरै बाध्यताहरुले थिचिएका उनि लामो समय आफ्नो सपनाको यात्रामा अघि बढ्न सकेका थिएनन  । समय बित्दै गयो, अभिनयमा उनको निखारता बढ्दै गयो र अन्ततस् उनि म्युजिक भिडियोको दुनियातर्फ आफ्नो पाईला अघि सारे । पछिल्लो समय उनि आफ्नो सपना पुरा गर्दै अभिनयमा रम्न थालेका छन ।
आज, पुरु भण्डारी आफ्ना गाउँले युवाहरुमाझ संघर्षको प्रेरणा बनेका छन् ।
उनी भन्छन्,
“संघर्ष नै मेरो सशक्त गुरु हो, र त्यसको प्रतिफल मेरो उर्जा”
उनि थप्छन, “कहिले काँधमा भारी थियो, कहिले मनमा सपना, तर जीवन त्यहीँ छ, जहाँ दुःख सङ्गै सङ्घर्षका अनेक कथाहरु छन अनि यहाँ मलाई आफ्नो छुट्टै बाटो बनाउनु छ ।”

यो केवल पुरु भण्डारीको जीवनी होइन, यो हजारौं युवाहरूको प्रेरणाको कथा हो, जो कठिनाइहरूमै जीवनको मार्ग खोजिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x