मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

हिमाली जल संकटासन्नताको मापन र मुल्यांकनमा छलफल

  • 265
  •  
  •  
  •  
  •  
  •  
  •  
    265
    Shares
हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गर्ने मूल उद्देष्यले कार्यशाला गरिएको छ । हिमाली जल सम्बन्धी क्षेत्रीय शोधकार्य आयोजनाको श्रृङ्खलावद्ध कार्यक्रम अन्तर्गत ललितपुरको इसिमोडमा एकदिने हिमाली जल कार्यशाला आयोजना गरिएको हो ।
आइआइटि रूडकीसँगको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज (नेक) ले आयोजना गरेको कार्यशालामा हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गरिएको छ ।

कार्यशालामा नेकका पूर्व प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कार्यवाहक प्राचार्य सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारी र नेक सिपसएसका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहीले कार्यशालामा भाग लिनुभएको थियो ।
कार्यशालामा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. विष्णुप्रसाद पाण्डेले विश्वव्यापी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा घट्ने पानीको मात्रा र यसबाट पर्नजाने दवाव तथा पूर्वाधारको डिजाइनमा पर्ने प्रभावबारे मूल कार्यपत्र पेश गर्नुभयो । रिफ्रेस नामाकरण गरिएको हिमाली क्षेत्रको पानीको संकटासन्नता सम्बन्धित क्षेत्रीय शोध आयोजनामा नेपाल, भारत र भुटानका शैक्षिक संस्थाहरूको सहभागिता र सहकार्यमा उक्त तीन वर्षीय शोध आयोजना सञ्चालित छ ।

भारतको एनआइएचका प्रा.डा. विशाल सिंको अध्यक्षतामा भएको कार्यशालाको प्राविधिक सत्रमा आइआइटि रूडकीका प्रा.डा. आशुतोष शर्माले शोध आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए भने भारतकै विश्वविद्यालयका चार जना विद्यावारिधिका विद्यार्थीहरूले शोध आयोजना अन्तर्गत गरेका प्रगतिहरू प्रस्तुति गरेका थिए ।
कार्यशालाको विज्ञ छलफल (पानल डिस्कसन) सत्रमा सिँचाई तथा जलस्रोत विभागका सहसचिव डा. सन्तोष कैनीले जलवायु परिवर्तनले नेपालको सिँचाई आयोजनाहरूमा पर्नसक्ने प्रभाव न्यूनिकरणको लागि चालिएका पाइलाहरूबारे प्रकाश पार्नुभयो ।  इसिमोडका डा. नीरा श्रेष्ठले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गर्न सक्ने अति विषम् परिस्थिति बारे आफ्नो प्रस्तुति दिनुभयो ।

नेक सिपसएसका उपप्राध्यापक डा. नारायणप्रसाद कोजूले जलवायु परिवर्तनले नेपाल उच्च हिमाली भेगमा पाइने वन्यजन्तुहरूको वासस्थानमा पर्नजाने नकारात्मक प्रभावहरूबारे जानकारी दिनुभयो ।
रिफ्रेस शोध आयोजनाले आगामी दुईवर्ष भित्र निश्चित शोध प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्ने जनाइएको छ । हिमाली क्षेत्रको पानीले के कस्तो वातावरणीय सेवा दिने गरेका छन्, जलवायु परिवर्तनले ती वातावरणीय सेवा दिने क्षमतामा कस्तो प्रभाव पार्ने छ, जलवायु परिवर्तनले मनसूनी वर्षा र जलवायू सम्बन्धी विषम् परिस्थित सृजनामा कस्तो प्रभाव पर्ने छ र सम्भावित नकारात्मक परिणामहरूलाई समयमै सम्बोधन गर्न के कस्ता नितिगत तथा कार्यगत सुधारहरू गर्नुपर्दछ भन्ने विषयमा गहिरो अध्ययन गरी नेपाल, भारत र भुटान सरकारलाई सुझाव दिने छ ।
जलवायु परिवर्तन सम्बन्धी आयामहरूको अलग अलग प्रभावहरू भन्दा संयुक्त प्रभाव ठूलो हुन सक्दछ भन्ने आधारभूत अवधारणामा यो शोध आयोजना आधारित छ । कार्यशालाको सम्मन्वय नेक सिपसएसका उपप्राध्यापक प्रतिक सिंह ठकुरीले गर्नुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x