मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

शक्ति बाँडफाँडको लागि ओली, लामिछाने र यादव शितल निवासमा

नयाँ गठबन्धनको दोस्रो बैठक बालुवाटारमा भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरुको बैठक सुरु भएको हो । छलफलका लागि एमाले अध्यक्ष केपी शर्माओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका हुन् ।
यसअघि मन्त्री बाँडफाँट लगायतका मुख्य शक्ति भागबन्डाका लागि चारवटै दलका नेताहरू सम्मिलित कार्यदलले भागबन्डाको खाका तयार पार्न जिम्मा दिएको थियो । जसमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादीका उपमहासचिव वर्षमान पुन, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेका थिए ।
नेताहरूबिच सोमबार बिहान भएको सहमतिअनुसार एमाले, रास्वपा र माओवादीबाट एक–एक मन्त्रीले आजै शपथ खाँदैछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x