मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

टी-२० क्रिकेट नेपालले नेदरल्यान्डस् विरुद्ध मंगलबार खेल्ने

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल पानी परेर विथोलिएपछि फाइनलको समीकरण तय भएको हो ।
१५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएपछि वर्षा सुरु भएको हो । त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् । ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो । नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ भने नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बन्यो ।
फाइनल खेल मंगलबार त्रि विको मैदानमा खेलिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x