शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares
भक्तपुर ,भक्तपुर उद्योग वाणिज्य सङ्घले किर्ते काम गरेर बजेट पचाउने काम गरेको छ । जसको साक्षी नेपाल मजदुर किसान पार्टीका सांसद बस्न गएका छन् ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना एवं उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर नगरपालिका वडा नम्बर १० स्थित स्टार बैकिटमा कमलविनायकमा असार ६ देखि ८ सम्म भक्तपुर औद्योगिक प्रवर्धन व्यापार मेला आयोजना गरिएको थियो । असार ६ गते देखि ८ गते सम्म बिहान १० बजे देखि ६ बजे सम्म सञ्चालन हुने भनी प्रचार तथा नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले उद्घाटन गरेको उक्ता कार्यक्रम ८ गते साँझ ६ बजे समापन हुनुपर्नेमा ८ गते बिहान कार्यक्रम उही ब्यानर फरक गरी अर्को कार्यक्रम उद्घाटन नेमकिपाकै बागमती प्रदेश प्रदेश सभा सदस्य सृजना सैजुलाई प्रमुख अतिथि बनाई उद्घाटन गरिएको हो ।
तीन दिनका लागि भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना मा सञ्चालन भई रहेको भक्तपुर औद्योगिक प्रवर्धन व्यापार मेला सम्पन्न हुनु अगाडी नै चालु कार्यक्रममा नै स्थानीय सीप तथा उत्पादन व्यापार एवं खाना महोत्सव २०८२ को ब्यानर राखी बागमती प्रदेश सभा सदस्य सृजना सैजुलाई प्रमुख अतिथि बनाउँदै भक्तपुर उद्योग वाणिज्य सङ्घले किर्ते काम गरेको हो ।
बागमती प्रदेश उद्योग मन्त्रालयको चालु आर्थिक वर्षमा भक्तपुर उद्योग वाणिज्य सङ्घ मार्फत व्यापार प्रवर्धन कार्यक्रमका लागि बजेट विनियोजन भएकोमा उक्त बजेट तथा चाँगुनारायण नगरपालिकाबाट भ्रमण वर्षका नाममा पैसा असुल्न उद्योग वाणिज्य सङ्घ जस्तो कार्यालयले समेत किर्ते काम गरेको पाइएको छ ।
तीन दिन सम्मका लागि एक कार्यक्रम तय गरेर दुई दिन चलाएर तेस्रो दिन कार्यक्रमको ब्यानर चेन्ज गरी अतिथिहरू चेन्ज गरी अर्को कार्यक्रम उद्घाटन हुँदा समेत आफ्नै नगरमा भएको किर्ते कार्यक्रमको नेमकिपाका दुवै सांसदले भेउ नै पाउन सकेनन् साथै यसको साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर आँखा चिम्लेर दिएको हो । कमिसनको खेलमा कार्यालयले आँखा चिम्लिँदा उद्योग वाणिज्य सङ्घ जस्तो संस्थाले समेत अघिल्लो साउन देखि कार्यान्वयन गर्नु पर्ने कार्यक्रम असारको अन्तिम समयमा गरेर छिटो छिटो किर्ते गर्दे समापन गरेको हो ।
व्यावसायिक कृषि, दिगो पर्यटन तथा निर्यातमुखी हस्तकला एवं जिल्लाका अन्य उद्योग व्यवसायहरूको समेत प्रवर्द्धन तथा विकास का लागि भनी बागमती प्रदेश सरकारले भक्तपुर उद्योग वाणिज्य सङ्घ मार्फत गर्ने गरी गरेको उक्त कार्यक्रमको प्रचार प्रसार पनि कमै रहेको थियो । सीमित व्यापारीहरूलाई जम्मा गरेर सानो पार्टी प्यालेसमा गरिएको उक्त कार्यक्रम आफैमा बजेट पचाउनका लागि मात्र भएको स्पष्ट हुने देखिन्थ्यो । तीन दिन सम्म चलेको उक्त कार्यक्रम हेर्न १ हजार पनि मानिस नआएको स्टल राख्नेहरूले बताएका छन् । न व्यापार भयो न त प्रचार नै भयो । उद्योग वाणिज्य सङ्घलाई बजेट पचाउन दुई कार्यक्रम एकै स्थानमा एकै पटक ब्यानर चेन्ज गरी गरी फोटो खिचाएर कार्यालयमा पेस गरे पुग्ने रहेछ हामी त चिल्लै पर्‍यो फोकटमा पैसा मात्र खर्च भयो स्टल राख्नेहरूको गुनासो रहेको थियो ।
सङ्घ, प्रदेश तथा स्थानीय निकायबाट देश भर व्यापार मेला तथा प्रवर्धन कार्यक्रम शीर्षक राखेर बजेट विनियोजन हुने गरेको छ । जुन कार्यक्रमबाट हाल सम्म कुनै उपलब्धि भने हुन सकेको पाइँदैन । वर्षै नि करोडौँ रुपैंया नेपाल सरकारको खाताबाट विभिन्न भक्तपुर उद्योग वाणिज्य सङ्घ जस्ता संस्थाहरूले मेला महोत्सव गर्ने बहानामा बजेटको दुरुपयोग हुँदै आएको छ ।
व्यापार मेलामा देश भर एकै किसिमका व्यापारीहरूको संलग्नता रहेको छ आज भक्तपुरमा सकियो भोली अर्को जिल्ला हुँदै उनीहरू नै देश भर यसरी नै घुम्ने गरेका छन् र उनीहरूको साथ लिएर विभिन्न सङ्घ संस्थाले सरकारी पैसाको दुरुपयोग गर्ने गरेका छन् ।
हाल सम्म नेपालमा भएका व्यापार मेला तथा खाना महोत्सव वा अन्य कुनै महोत्सवका कारण कुनै नयाँ व्यापारमा आएकाहरूको प्रवर्धन तथा प्रचार प्रसार एवं उनीहरूको व्यापार फस्टाएको भने छैन । तर भक्तपुर उद्योग वाणिज्य सङ्घ जस्ता कार्यालय र त्यसका पदाधिकारीहरूको खल्ती भने हामी आफै साक्षी बसेर भर्ने काम भएको स्पष्ट रहेको छ ।
यसरी भक्तपुर उद्योग वाणिज्य सङ्घ जस्ता कार्यालयले गरेको नीतिगत भ्रष्टाचारमा हामी सबैले साथ दिने हो भने नेपालमा घरेलु उत्पादन तथा व्यापारमा कुनै परिर्वतन भने आउँदैन । उनीहरूले बर्सेनि यस्ता कार्यक्रमका नाममा हाम्रो राजस्व कुम्ल्याउँछन् यस्ता कार्यको विरोध गर्नु जरुरत रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x