गायक भक्तराज आचार्यको निधन

गायक भक्तराज आचार्यको निधन सोमबार निधन भएको छ । स्रोतको अनुसार आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो।
आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ।
धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका ‘हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन्।
२०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि उनले आफ्नो स्वर गुमाएका थिए।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE