शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

वरिष्ठ गीतकार अब गायक पनि ‘हट्छ औंशिको डार्क’मा

रातो नेपाल:पौष १५,काठमाडौ।वरिष्ठ गीतकार डा.ओम कृष्ण प्रसाईं अब संगीतकार साथै गायक पनि भएका छन्।

 

उनको आफ्नै रचना,संगीत,स्वर र्यापमा ‘हट्छ औंशिको डार्क’ गीत उनको आफ्नै आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

सबैकुरामा पोख्त बहुप्रतिभाका धनी प्रसाईंको यो र्याप दोस्रो गीत हो।यो भन्दा अगाडि ‘ए छाप छाप छाप…’एकदम चोटिलो प्रहारमा सार्वजनिक भएको थियो भने लाखौ भ्युज समेत गएको थियो।

अझ चाखलाग्दो कुरा सबै र्याप गीतको म्युजिक भिडियो कन्सेप्ट र दमदार अभिनय पनि आफ्नै रहेको छ।

आज सार्वजनिक प्रसाईंको र्याप गीतको एरेन्जर संजय हमाल,रेकर्डिस्ट अनिस लिम्बू,स्टुडियो एलेवल,अडियो मिक्सिङ गोविन्द सोनिको रहेको छ भने भिडियो तर्फ क्यामेरा प्रशान्त केसि,निर्देशन प्रमोद डिजि साथै सम्पादन लक्ष्मण चौहानको रहेको छ।

वर्तमान समय परिवर्तनको हो ,आशा छ र एकदिन अवश्य परिवर्तन हुनेछ भन्ने भिडियोले सन्देश प्रदान गर्दछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x