बाल गायक सुप्रिम सँग फोटो खिच्न स्टेज सम्म लाइन, भिड थेग्न नसक्दा कार्यक्रम स्थगित

बालगायक सुप्रीम मल्ल जुन स्टेज कार्यक्रम गर्छन त्यो कार्यक्रम को रौनक नै फरक हुन्छ आगो नै बाल्छन,एघार बर्षकै उमेरमा दुई सय बढी स्टेज चढेका सुप्रीमका फ्यान भने बालक युवा देखि बृद्ध सम्म छन।पहिलो पटक बिदेश यात्रामा सुप्रीम रहका छन् ।
नेपाल साँस्कृतिक रंगमन्च भारत द्वारा आयोजित तीज विशेष कार्यक्रमका लागि भारत गएका छन।सुप्रीम लगायत सबै कलाकार हरुलाइ स्कटिङ सहित होटलबाट स्टेज सम्म लगेर भब्य स्वागत गरिएको थियो,सुप्रीम मल्ल ठकुरी लगायत कलाकारहरु स्टेज मा पुग्दा दर्शकहरु एकदमै खुसी भएर हुटिङ गर्दै होहल्ला गर्दै सबै दर्शकहरु सुप्रीम सित फोटो खिचाउनको लागि स्टेज सम्मै पुगेका थिए। फोटो खिच्नकै लागि स्टेजमा पुगेका दर्शकहरुको भिड पन्छाउनको लागि आयोजकलाइ हम्मे हम्मे परेको थियो।लामो समय सम्म यो क्रम जारी नै रहदा यद्दपी सबै माहोल शान्त भएर कार्यक्रम सुरु हुनै आट्दा जोडदार पानी परेर कार्यक्रम नै स्थगित भएको थियो।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE