राष्ट्रपति रामचन्द्र शालीनदि जाने

राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका छन् । काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी समानुपातिक सांसद प्रतिमा गौतम, प्रदेश सभा सदस्य सुना परियार, शंखरापुर नगपालिकाका उपप्रमुख समिता श्रेष्ठ, वडा अध्यक्षहरु पोते थिङ, सहदेव श्रेष्ठ, रणबहादुर थिङले राष्ट्रपति पौडेलसँग भेटघाट गरी शालीनदी भ्रमणका लागि आग्रह गरेका हुन् ।
राष्ट्रपतिले शालीनदी जाने पहिलेदेखि नै इच्छा ब्यक्त गरेपछि त्यसका लागि के के प्रवन्ध गर्नुपर्छ भन्ने सल्लाह गर्नका लागि राष्ट्रपति कार्यालयको कर्मचारीको अनुसार राष्ट्रपति पौडेलले फागुन ६ गते बिहान ९ बजे शालीनदी आउने समय दिएका हुन् ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शूक्ल पूर्णिमासम्म काठमाडौँको शंखरापुर नगरपालिका स्थित साँखुमा १ महिना मेला लाग्ने शालीनदी मेला यो वर्ष फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE