डायनामिन वर्ल्ड फिटनेस अब अन्तर्राष्ट्रिय स्तरको हुने

मंसिर १९,काठमाडौ ।
महिला सौन्दर्य,स्वास्थ्य तथा चेतना अभिबृदिमा केही वर्षदेखी केन्दृत रहदै कार्य आएको डायनामिक वर्ल्ड फिटनेसले अझ शसक्तरुपमा आफ्नो व्यवसायलाइ बढाउदै अन्तरास्ट्रियकरण गर्ने भएको छ।
मंगलबार काठमाडौ अनामनगरस्थित संवाद डवलिमा एक कार्यक्रम गर्दै उक्त फिटनेसका प्रेसिडेन्ट तथा प्रमुख प्रशिक्षक तिलु राना मगरले बताएका हुन् ।
कराटे खेलाडी साथै ‘मिस एण्ड मिसेस युनिभर्सल २०२३’ सेकेन्ड रनअप बिजेता समेत रहेकी रानाले अब अन्तर्राष्ट्रिय संघ सस्था अनि विभिन्न व्यक्तिहरुसङ सहकार्य गर्दै अब आफ्नो फिट्नेसलाइ अझ दह्रीलो बनाउने बताइन् ।
कार्यक्रममा उनले आफ्नो नयाँ मलेसियन सहकर्मी न्याचुरल एण्ड रिसोर्स कम्पनिका डाइरेक्टर डा. जुलि माया नागेस्वरिलाइ कदर पत्र प्रदान गर्दै सम्मान समेत गरेकी थिइन्।
साथै,डा.नागेस्वरिले नेपाली इमानदारी उर्जासिल तिलु जस्ती व्यक्तिसङ सहकार्य गर्न पाउँदा आफुलाइ ज्यादै भाग्यमानी महसुस गरेकी छु भनिन् ।
डायनामिक वर्ल्ड फिटनेसको केन्द्रिय कार्यलय काठमाडौ बागबजारमा रहेको छ भने अब देशको प्रमुख सहरहरुमा बिस्तार गर्ने पनि तिलु रानाले बताइन् ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE