मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

निरन्तर जनताकै दु:खमा प्रभाकर

  • 951
  • 54
  •  
  • 13
  •  
  •  
  •  
    1K
    Shares

२०८० साल कार्त्तिक १७ गते शुक्रबार राति ११:४७ गते जाजरकोट जिल्लाको बारेकोट-१ रामीडाँडा केन्द्र बिन्दु भई गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले प्रभावित जाजरकोट जिल्लाका नलगाड  तथा रुकुम पश्चिम जिल्लाका आठबीसकोट, सानोभेरी, चौरजहारीका आसपासका क्षेत्रहरूमा धनजनको ठूलो क्षति पुर्‍याएको छ।

माओवादी केन्द्र रुकुम (पश्चिम) ले भूकम्प प्रभावित क्षेत्र आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पुनःनिर्माणका लागि पुर्ब अर्थमन्त्री  एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा ३ हजार स्वयंसेवक परिचालन गरेको छ ।

हाल सम्म भुकम्प प्रभावित क्षेत्र आठबिसकोट र सानिभेरीमा  ८०० जति अस्थाई टहरा निर्माण गरेका छ्न। स्वयंसेवकहरुले पालमुनी रहेका जनतालाई मंसिर महिनाभित्र छाना मुनी ल्याउने मूल लक्ष्यका साथ स्वयम्सेवक परिचालन गरेको उक्त स्वयसेवकले अस्थायी टहरा निर्माण गरी पीडित जनतालाई हस्तान्तरण गर्नेछन । चिसो निकै बढ्दै गएको छ, पानी पर्‍यो भने महामारीको जोखिम हुन्छ, अहिलेको मुख्य प्राथमिकता भनेको अस्थायी आवास निर्माण हो, त्रिपालले चिसो छल्न सकेको छैन”।

भूकम्पबाट रुकुम (पश्चिम) मा ५२ जनाको ज्यान गएको थियो । भुकम्प प्रभावित क्षेत्रका जनताको उद्धार, राहत र पुनःर्निमाणका लागि प्रभाकर रुकुम (पश्चिम) मा कार्तिक १७ गते देखि निरन्तर सक्रिय छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x