देखायो त्यो जोडिले पनि मुना मदन बनेर – सुरेशकुमार पाण्डे

गजल:
देखायो त्यो जोडिले पनि मुना मदन बनेर,
बनायो कविताको यो संसार इञ्जन बनेर।
चाहाना खान पिनको थियो भोकको पनि,
जन्माए नौं सन्तान् बर्षाए शब्द धन बनेर।
सत्ताइस कार्तिक वि.स.उन्निस सय छैसठ्ठी,
लक्ष्मिप्रसाद उदाय उज्यालो रनबन बनेर।
उदाउँछन् र अस्ताउँछन् धर्तिमा मानवहरू,
रहन्छ चिनो धर्तिमै फूल कसैलाई घन बनेर।
अस्तायो भदौ दुइ हजार सोह्र अठ्ठाइस गते,
देखायो संसारमा नौलोबाटो छन्छन् बनेर।
सुरेशकुमार पाण्डे १२-११-२०२३
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE