बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

नेता – सुरेशकुमार पाण्डे

  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares

” नमस्का हजुर सञ्चै हुनुहुन्छ ? ” – पर्शुरामले दुबै हात जोडेर निहुँरीदै भन्यो।
” नमस्कार नेता ज्यू ! मलाई चिन्नु भयन र ? म जुठे हु; धने ग्वालाको छोरा!” जुठे आश्चार्य हुँदै आफ्नो परिचय दियो।
” किन नचिन्ने भन्या हजुर त हाम्रो खास ब्यक्ति मध्यको हुनुहुन्छ ।”- नेता पर्शुरामले मुस्कुराउँदै भन्यो।
” साहिद अझैपनि ठमाउन सकेनन् नेताज्यूले । चिनेको भए यती मिठो कसरी बोल्थे र हामीसङ्ग।त्यो दिन हामी बाबाको पेन्शको सिफारीस माग्न जाँदा त हामिलाई चिन्दैचिनेका होइन्।बरू उल्टै हकार्दै भगाएका हुन् । “- उसले आफैसङ्ग मनमनै भन्यो।
” अनि सर कसिरी पाल्नु भएको ? गाउँमा कसैसङ्ग कुनै कामथियो की ? “- एकछिनको मौनता पछि जुठेले प्रश्न गर्यो।
” काम खासै केही थिएन गाउँमा आएको त हजुरहरूसङ्ग भेटघाट हुनुपर्यो।हालचाल सोध्नु पर्यो भन्ने मनसायले मात्र आएको हौं । साथै यहाँ हुनुहुन्छ हाम्रा मित्र संदेश ज्यू कुनै काम परे उहाँसङ्ग सम्प्रक गर्दा हुन्छ। हस् अहिले हामि लाग्छौं अब कुनै दिन फेरीपनि आउँला ।”- प्रशुरामले आफू सङ्गै आएको आर्को जनाको परिचय दिंदै बिदा माग्यो र अगाडी बढ्यो। जुठे उनिहरूलाई अलि टाडा जाँदासम्म एककोहोरो हेरिरह्यो।नेताको परिवर्तित व्यवहारले ऊ असमंझमा पर्यो।
” जुठे को थियो त्यो ? ” भित्रबाट सुनिरहेको धने लाठीको सहारामा बाहिर आएर सोध्यो।
” बा आज हाम्रो भाग्य खुल्यो ! केही दिन पहिले हजुरको पेन्सिन रोकिएको कुरा लिएर जाँदा चिन्दै नचिनेको मन्त्री पर्शुराम आज हाम्रै घरमा टुप्लुक्कै आए।”- जुठेले आफ्नो बा लाई अंगालोहाल्दै भन्यो।
” कति सोझो छ मेरो छोरा त्यो हाम्रो मायाँ लागेर आएको होइन जुठे त्यो बरू आउने चुनावमा जित्ने आधार तैयार पार्न आएको हो।”- धनेले जुठे तिर नियाल्दै भन्यो।
दाङ घोराही १८
२४-०१-२०२६(१०-१०-२०८२)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x