लघुकथा :- भोको पेट – सुरेशकुमार पाण्डे


” आज त प्रसादले नै पेट भरिन्छ रामे ।”- एउटा बालक जुठेले भन्यो। ” जुठे सुन त ! पेटमा न अटाएको एउटा भाँडोमा राखौँला भोली पर्सि खान हुन्छ । “-आर्को बालकले भन्यो।
दुबैजनाले आपसमा कुरागर्दै थिए।तर उनिहरू तिर कसैको दृष्टीनै पुगेन। आज महा शिवरात्रिको दिन।
नजिकै शिव बनेर गलामा अजगर लपटेको एउटा हातमा त्रिशूल र आर्को हातमा डम्रु छोपेको व्यक्ती बसेको थियो।सबैले उसैलाई रूपिँया चढाउँदै आसिर्वाद लिंदै जाँदै गर्थे।कसैले सर्पलाई दुध पिलाउँथे ,कसैले शीवलिङ्गमा दुध घोप्टाउँथे।
ऊ भने गाँजाको मातमा थियो। भोकले सताएका तिनै दश/ बाह्र वर्षका बालकहरू भने उसको नजिकै राखेको प्रसाद देखेर मुख मिठाउँदै थिए।
” बिहानै देखि केही नखाएर दिन सुरू भयो पुजा गरेर सबै आ आफ्ना घरतिर लागिसके ।”- जुठे निरास हुँदै भन्यो।
” रामे उता हेर त !”- जुठे सुस्तरी रामेलाई शिव बनेर बसेको त्यो व्यक्तिको अगाडी थुप्रिएको रूपियाँ र फलफूल देखाउँदै भन्छ।
” हामिले पनि एउटा सर्प छोपौँ है ।”-त्यो देखेर रामेले प्रस्ताब राख्छ।
” हस् खानेबाटो त गर्नै पर्छ।बरू हामिले सर्पको व्यापार गरौँला।
“-जुठे पनि त्यो प्रस्ताबमा राजि भयो।उनिहरू दुबैजनाले अब प्रसादको आस गर्न छाडेर सर्प छोप्ने योजना बनाउँन थाले।
दाङ घोराही १८
२८-०२-२०२५( १६-११-२०८१)
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE