मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026

यो देशमा अपराधीले सरकार बनाउँछ – सुरेशकुमार पाण्डे

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

गजल!

यो देशमा अपराधीले सरकार बनाउँछ,
राजधानीभित्र आफ्नो घरबार बनाउँछ।

होनहार देशभक्त युवा मर्छन खाडीमा,
नेता देश बेच्ने बिस्तारै आधार बनाउँछ।

गरिबले जस्को जोत उसैको पोत भन्दा,
उनैको छोरा नातिलाई औजार बनाउँछ।

रेमिटेन्सीले धानेको देश सदन आठोटा,
सरकार सधै रिणै रिणको भार बनाउँछ।

आखिर गृहयुध नभए कसरी मोटाउला,
जस्ले अन्दाधुन्द बेच्ने हथियार बनाउँछ।

गरिबलाई मार्छन गरिब मुक्तिकै नाउँमा,
त्यसैले त नेताहरू लाई गद्धार बनाउँछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x