अनुसाशन – सुरेशकुमार पाण्डे

” क्रान्तिकारीहरू अनुसाशित हुनैपर्छ।”- क. खुमेले युवाहरूलाई ज्ञानका कुरा बतायो।
यो भन्दा पहिलेपनि एउटा सिविरमा उसैले प्रशिक्षण दिएको थियो।उसले कुरा गजब्का गर्छ जोसिला गर्छ।
” हो पक्कैपनि कामरेड बन्न जतिको शङ्घर्ष अरू बन्न गर्नु पर्दैन। त्याग बलिदान गरेपछि बल्ल कामरेड बनिन्छ। ” आर्कोले खुमेकै भाषामा थप्यो।ऊ पनि कामरेड महेश थियो।
युवाहरूलाई आफ्नो कुराले प्रभावित पार्ने खुबी भएको सबैले रूचाउंने मध्यको ब्यक्ति हो।
आज यहाँ खसी काट्ने योजना रहेछ क.खुमे पनि यहाँ देखेपछि भिम खुसि हुँदै अभिन्दन् गर्यो।किनकी केहि दिन पहिले उसैको प्रशिक्षणमा भाग लिएको मध्य भिम पनि हो।
त्यहाँ भागलिएपछि धेरै ठाउँमा क.खुमेको प्रसंसा गर्दै हिंडेको भिमले खुमे अरू जस्तो छैन भनेर उसैको प्रसंसा गरिरहन्थ्यो।
” सर ! हजुर मासु लिन आउनुभएको हो ? नमेले सोध्यो।
” हो ! “-उसले सटिकमा भन्यो खासै कुरा गरेन।सबै ले आ आफ्नो भागको मासु उठाए र बाटो लागे।त्यहीबेला एकजना अपरिचितले झोलामा रक्सि र बियरका बोतल लिएर टुप्लुक्क आयो।
भित्रबाट एकजनाले कचौराहरूमा मासु भुटेको ल्यायो ।भिमले नजिकै बसेर सबै नियाली रहेको थियो।साहेद उसलाई का. खुमेले चिनेन् होला।साँझ पर्न आंटेको थियो।
” एउटाले गिलासमा वियर खनाउँदै भन्यो कामरेड. रक्सि लिनेकी वियर ? ” का.खुमे एउटा वियरको गिलास उठाएर घटघट पार्यो र रक्सि थाप्यो।
” कमरेडहरू बद्नाम भएको त यही व्यवहारले पो रहेछ!” -भिमले मनमनै भन्यो र चुपचाप बाहिर निस्कियो।
दाङ घोराही १८
०९-०६-२०२६( २०८३/०२/२६)
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE