अभियान – सुरेशकुमार पाण्डे

” होइन जो जती जुटेका छौं हिंडिहालौँ।”-विकासले सुझायो।
” कस्ता कुरा गर्नुहुन्छ हजुरले अभियान भनेको त सबै साथिहरू जुटेरमात्र सफल हुन्छ।आउन दिनुहोस अरू साथिहरूलाई। “-निमे चर्को स्वरमा भन्यो।
उनिहरूले बिभिन्न टोलहरूमा वृक्ष लगाउने योजना बनाएका थिए।तर त्यो योजना सफल नहुनुको एउटा यही कारण थियो।सबै मानिस नजुट्दै कुनैपनि काममा नजाने तर सबै साथिहरू कहिल्यै नजुट्ने।आज पनि त्यही अवस्था सिर्जना भयो।
” हामिले अलिक गलति गर्दै छौँ बरू प्रत्येक टोलमा हामि मध्य एकजना जाउँ र उतैका साथिहरूलाई आफ्नै टोलमा काम गर्न लगाउँ त्यो अलिक ब्यवहारिक हुन्थ्यो की ? उनिहरू यहाँ बोलाउने त्यो समय अनावश्याक खर्च हुन्छ।
“-विकासले फेरीपनि सुझाव दियो।तर केही साथिहरू आफ्नै जिद्दमा अडिए।
” हुँदैहुन्न सबै साथि जुटेर मात्र साझा काम हुन्छ अभियान भनेकै त्यो हो।” निमे झनै चर्को बोल्यो।
” सर ! अभियान त्यो होइन बरू त्यो हजुरको आफ्नै अडियल पन मात्र हो।यदि हामिले समयमा आफ्नो काम फतेह गरेनौँ भने अरू कसैले ऐजरू लगाईदिन्छ अनि हाम्रो अमृतका बोटहरूले ठाउँ पाउँदैनन्।
” – विकासले आकासतर्फ हेर्दै साथिहरू समक्ष आफ्नो विचार राख्यो।आकासमा बादल भरिंदैथियो पानी पर्ने संभावना पनि उत्यिकै छ।समयले पनि नेटो काट्दै छ।
निमे आफ्नो विचारमा अडियो । ” हिंड्नु सर म हजुरसँग जान्छु।”- यतिबेर चुपचाप कुरा सुनिरहेको समिरले एउटा कोदाली उठाउँदै भन्यो।तर ठिक त्यहीबेला आकासबाट पानीपर्न थाल्यो।
” समिर भाई ! अलिक पछि बुद्यी पलायो यही बुद्यी अलिक पहिले पलाएको भए आज केही काम त अवश्य हुन्थ्यो।”- विकासले आकासतर्फ नियाल्दै भन्यो।
दाङ घोराही १८
२०-०५-२०२६( २०८३/०२/०६)
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE