बुधबार, जेष्ठ ६, २०८३
Wednesday, May 20, 2026

सात फाँकी साइनो – डा. छायादत्त न्यौपाने

सात फाँकी साइनो कविता
१.
बढ्याे लुटाहा भिड
भत्क्याे सहिद शालिक
बगायाे चेत् विलासी भेल !
२.
रङ फेर्छन् यी मान्छे
नियत फेर्छन् यी मान्छे
फेरफारै गर्छन् यी मान्छे !
३.
बढेको छ उपद्राे
मेटिँदै छ संवेदना
अग्लिँदै स्वार्थी थुम्काहरू ।
४.
रमौं जीवनसँग
कर्मयाेगी छ साइनो
समता खाेल्छ ओठहरू !
५.
यी सम्बन्धका रेखा
कति कमजोर बने
भाँचिए ठाउँ ठाउँबाट ।
६.
चाल तालका मान्छे
सुगन्ध बेचेका मान्छे
दुर्गन्ध समाएका मान्छे !
७.
गम छ बाेक्राभित्र
चेत छ कल्पनाभित्र
जीवन छ सिर्जनाभित्र ?

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x