शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं क्षेत्र नम्बर २ युवा केन्द्रित नीति र आर्थिक सुधारको वाचा गर्दै श्रेष्ठ मैदानमा

  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

काठमाडौँ ,यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीले काठमाडौँ क्षेत्र–२ बाट बालचन्द्र श्रेष्ठलाई उम्मेदवार घोषणा गरेसँगै त्यहा चुनावी माहोल थप तातेको छ। “उन्नत विचारसहितको विकल्प” नारालाई अघि सार्दै उक्त पार्टीले परम्परागत राजनीतिक धारभन्दा फरक वैकल्पिक शक्तिका रूपमा आफुलाई प्रस्तुत गर्ने दावी गरेको छ ।
पोस्टरमार्फत सार्वजनिक गरिएको सन्देशमा “Vote for Change” र “परिवर्तनको आँखा” भन्ने मूल नारालाई प्राथमिकता दिइएको छ। पार्टीको चुनाव चिह्न ‘आँखा’लाई परिवर्तन, सचेतना र पारदर्शिताको प्रतीकका रूपमा व्याख्या गरिएको छ।
उम्मेदवार श्रेष्ठ वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (CA), कानूनाचार्य तथा अर्थविद् हुन्। बैंकिङ, व्यवस्थापन र आर्थिक अनुसन्धानको क्षेत्रमा लामो अनुभव बटुलेका उनी नीतिगत सुधार र सुशासनका पक्षधरका रूपमा परिचित छन्। आर्थिक पारदर्शिता, लगानीमैत्री वातावरण र उत्तरदायी शासन प्रणाली निर्माण उनको मुख्य एजेन्डा रहेको बताइन्छ।
श्रेष्ठ भन्छन्, “देशको समृद्धि केवल नाराले सम्भव हुँदैन, त्यसका लागि स्पष्ट योजना, सक्षम नेतृत्व र परिणाममुखी कार्यशैली आवश्यक छ।” उनले विशेषगरी युवालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने, सेवा प्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले उपत्यकामा कला–सांस्कृतिक ग्राम स्थापना गर्ने तथा उपत्यकालाई छुट्टै सांस्कृतिक प्रदेशका रूपमा विकास गर्ने अवधारणालाई समेत सार्वजनिक बहसमा ल्याएका छन्। उनका अनुसार यसले सांस्कृतिक पहिचानको संरक्षणसँगै पर्यटन र सिर्जनात्मक अर्थतन्त्रलाई नयाँ उचाइ दिनेछ।
काठमाडौँ–२ मा यसपटकको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ। ठूला दलका प्रभावशाली उम्मेदवारबीच प्रतिस्पर्धा चर्किंदै जाँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आफूलाई वैकल्पिक शक्ति र परिवर्तनको संवाहकका रूपमा स्थापित गर्ने रणनीति अघि बढाएको छ।
चुनावी माहोल तातेका बेला अब मतदाताले परम्परागत राजनीतिक शक्ति रोज्ने कि नयाँ विकल्पलाई अवसर दिने भन्ने प्रश्न नै काठमाडौँ–२ को चुनावी परिणामको केन्द्रबिन्दु बन्ने देखिएको छ।
यस्ता छन् प्रगतिशील लोकतान्त्रिक पार्टीले काठमाडौँ क्षेत्र–२ बाट बालचन्द्र श्रेष्ठका एजेन्डा :
कार्यकारी राष्ट्रपति, मुख्यमन्त्री र पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचित संसदीय प्रणाली स्थापना गर्ने।
• कालो धन र भ्रष्टाचारको पूर्ण निवारण गरी सुशासन कायम गर्ने।
• देशको विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आधुनिक र समतामूलक आर्थिक विकासको मोडेल तयार गर्ने।
• कृषिमा आधुनिकीकरण, औद्योगिक विकास र रोजगारी सिर्जना गर्ने।
• शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा सबै नागरिकको समान र गुणस्तरीय पहुँच पुर्‍याउने।
• ‘जेनेजी (Gen-Z)’ आन्दोलनको मर्मलाई आत्मसात गर्दै युवा मैत्री नीति बनाउने।
• राज्यका हरेक क्षेत्रमा उच्चतम प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई चुस्त बनाउने।
• सुकुम्बासी र भूमिहीन समस्याको स्थायी समाधान गरी आवासको हक सुनिश्चित गर्ने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x