आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

झापा ५ को दह्रो आशा रन्जित

  • 2.8K
  • 56
  •  
  •  
  •  
  •  
  •  
    2.9K
    Shares

रातोनेपाल: माघ१८, झापा। अहिले चुनाबी माहोल बढ्दै गइरहेको छ।देशकै चर्चामा रहेको झापा क्षेत्र नं. ५ बाट फागुन २१ गते हुने चुनावमा यतिबेला कसले बाजि मार्ला भन्ने सबैमा चासो छ।सो क्षेत्रबाट नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि ओलि,नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङ,श्रम सस्कृती पार्टी उम्मेदवार समीर तामाङ लगायतको खह्रो भिडन्त हुने देखिन्छ।सबैले एमाले उम्मेदवार ओलिले जितिहाल्छ भने पनि सजिलो देखिन छाडेको अनुमान छ।अहिले ‘शहीदले देखेका सपना नै आफ्नो घोषणापत्र’ भनिरहेका नेकपा उम्मेदवार रन्जित तामाङले बाजि मार्ने पनि धेरैले अडकल गरेको देखिन्छ।

यसैगरी श्रम सस्कृती पार्टीका उम्मेदवार समीर तामाङ पनि चर्चामै छन् ।श्रम बिना विकास असम्भव अनि भ्रस्टाचार रहितको सरकार अभियानमा चर्चा कमाएका उनले पनि दहृलो टक्कर दिने देखिन्छ।

त्यस्तै,काठमाडौ महानगरपालिका पुर्ब मेयर बालेन्द्र साह जो राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार छन् ।उनलाइ टुरिष्ट उम्मेदवार भन्दै यो झापा क्षेत्र ५ मा हिसाबै नहुने अनि दुई तीन सय भोट भन्दा नआउने गरि बताइन्छ।

यसपटक कसले जित्ला?त्यसको निम्ति चुनाब पछि मात्रै भन्न सकिएला।तर,फागुन २१ को चुनाब अझै हुने भन्नेमा अझै शंका रहेको पनि विभिन्न राजनीतिक विश्लेषकहरु बताउछन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x