बास नेपालको रजत बर्ष भब्यताका साथ सम्पन्न

भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास २६औं बर्षमा प्रवेश रजत समारोह भब्य मंसिर २४ गते नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले रजत बर्ष भब्यताका साथ सम्पन्न गरेको छ ।
२५औं बार्षिकोत्सव समारोहको अवसरमा नेपालगन्जमा विविध कार्यक्रम गरि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माकोे अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले भ्रष्टाचार बिरुद्धको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । असल शासनको यात्रामा समुदाय देखि जिल्ला सम्म लामो समय काम गरि सक्नुभएका मन्त्री भण्डारीले हरेक नागरिकले सुशासन प्रबद्र्धनलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनुपर्नेमा जोड दिए
उनले बास नेपालले देश ब्यापी रुपमा सञ्चालन गरिरहेको भ्रष्टाचार बिरुद्धको अभियानले युवाहरुमा जागरण ल्याएको बताए । उनले सुशासन प्रबद्र्धनमा आफ्नो तर्फबाट प्रतिबद्ध रहेको बताए । कार्यक्रममा बोल्दै बास नेपालका सल्लाहकार तथा कार्यक्रमका विसिष्ट अतिथि राष्ट्रिय सुचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले ७ प्रदेश र ७७ वटै जिल्लामा फैलीएको बासलाई स्थानीय सरकारको समर्थन रहेको बताए । सुशासन वहालीमा युवा परिचालन गरिरहेको बासले सरकार र समुदायलाई नैतीक बन्न अभिप्रेरित गरिरहेको बताए । उनले बासको आगामी यात्रा थप बलियो हुदै जाने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि तारानाथ दाहालले बास नेपालको सुशासन अभियान उत्कृष्ट अभियान रहेको बताए । उनले राज्य विचलीत भएको अवस्थामा बास जस्ता संस्थाहरुले सहि मार्गमा ल्याउन पैरबीको कार्य गर्ने उनको भनाई थियो । संस्थालाई हरेक समय तयार अवस्थामा रहीरहन सबैले सहयोग र समर्थन गर्नपर्नेमा उनको जोड थियो । यसैगरी कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि भ्रष्ट्राचार बिरुद्धका अभियन्ता केदार खड्काले २५ बर्ष पुरा गरेको बास नेपालले राष्ट्रिय परिचय हासिल गरेको बताए । बास नेपालले युवाहरुलाई उर्जा भरेको बताउदै उनले भने जहाँ जहाँ भ्रष्टाचार मौलाउछ त्यहा बास नेपाल पुग्छ । उनले बासको आगामी यात्राको सफलताको शुभकामना ब्यक्त गरे ।
बासका केन्द्रीय महासचिब कल्पना अधिकारीले सञ्चालन गरेको रजत समारोहमा भ्रष्टाचार बिरुद्धको नागरिक सम्मान, बासका उत्कृष्ट शाखा र कर्मचारीको घोषणा, कर्मचारीलाई विधा अवार्ड, उत्कृष्ट स्वयम् सेवक, सामाजिक उत्तरदायित्व वहन गर्ने ब्यक्ति लगायतलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रमका प्रमुख अतिथि अतिथि, बासका केन्द्रीय अध्यक्ष लगायतले गरेका थिए । कार्यक्रममा बास नेपालका कर्मचारी मिना घर्ती मगर, शोभा चौधरी, सबिना रोका मगर र कृष्णा बिकले नृत्य प्रश्तुत गरेका थिए । रजत समारोहमा ३ सय ५० बढीको सहभागिता रहेको थियो । बार्षिकोत्सबको अवसरमा विभिन्न सम्मान प्रदान बास नेपालको रजत समारोहमा विभिन्न सम्मानहरु प्रदान गरिएको छ । भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान भ्रष्टाचार बिरुद्धको नागरिक सम्मान सूचनाको हकका अभियन्ता तारनाथ दाहाललाई प्रदान गरिएको छ । भ्रष्टाचार बिरुद्धको अन्तराष्टिय दिवस तथा बास नेपालको रजत समारोहको अवसरमा नेपालगन्जमा आयोजित रजत बर्ष बिशेष कार्यक्रममा अयियन्ता दाहाललाई भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान २०८२ प्रदान गरिएको हो । सूचनाको हक प्रबद्र्धन, प्रचलनका माध्यमबाट भ्रष्टाचार बिरुद्ध पुर्याएको नेतृत्वदायी योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, बिशिष्ट अतिथि राष्टिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्ण हरी बास्कोटा, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खड्का र बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो । विभिन्न ब्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व सम्मान रजत समारोहको अवसरमा शिक्षा क्षेत्रबाट ब्राइटल्याण्ड स्कुल नेपालगन्जका संस्थापक बिजय लामा, स्वास्थ्य क्षेत्रबाट बरिष्ट चिकित्सक डा. एम किदवाई, साहित्य क्षेत्रबाट बरिष्ट साहित्यकार सनत रेग्मी, पत्रकारिता क्षेत्रबाट बरिष्ट पत्रकार झलक गैरे, महिला बालवालिका मधेषि मुस्लिम समुदायको उत्थानका काम गरे बापत फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकी, गित, संगित र कला क्षेत्रबाट बरिष्ट कलाकार कमल बिके निर्मोही, इनोभेसन नेपालगन्ज ग्यालरीका सञ्चालक समिरमान श्रेष्ठ, टाफिक स्वयम् सेवाको माध्यमबाट दूर्घटना न्यूनीकरणमा कार्य गरे बापत पोखराका शिव वास्ताकोटी, बाग्मती सरसफाई अभियानका अभियन्ता चक्र बहादुर चन्द, वातावरणीय स्वच्छता, जलवायु न्याय र सरसफाई क्षेत्रबाट क्लिन अप नेपाल काठमाण्डौंका कार्यकारी निर्देशक रबिन्द्र लामिछाने, नेपालगन्जमा बिषदी बिर्सजनमा भूमिका निर्वाह गरेका तेज बिक्रम शाहलाई सम्मान गरिएको थियो । यसैगरी आम पाठकका लागि प्रेरणाको श्रोत, युवाका लागि मार्गनिर्देशक, पेशाबिदहरुकालागि स्वउत्प्रेरणा प्रदान गर्ने राष्टिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाद्धारा लिखित पुष्तक खुसीको गारेटोलाई समेत सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी तथा कर्मचारी विधा, शाखा र स्वयम्सेवक सम्मान बास रजत समारोहमा बास नेपाल केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सम्मान गरिएको छ । कार्यक्रमका बिच कर्मचारीहरुको बिशेष शिप र क्षमताको आधारमा उक्त सम्मान गरिएको हो । रजत समारोहका बिच बास नेपालका प्रशासकीय अधिकृत शुद्ध प्रशाद चौधरी र प्रशासन सहायक मिना घर्ती मगरलाई उत्कृष्ट बर्ष कर्मचारी घोषणा गरि सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट शाखाको रुपमा नगद रु १० हजार सहित दैलेख शाखा सम्मानीत भएको छ । यसैगरी क्रमश द्धितिय, तृतीय र सान्त्वना बाँके, बर्दिया र दार्चुला शाखा सम्मानीत भएका छन् । सम्मानीत हुने शाखाहरुले क्रमशः ७ हजार ५ हजार र ३ हजार नगद सम्मान पत्र प्राप्त गरेका छन् । बास नेपाल केन्द्रीय कार्यालय अन्तरगत स्वयम् सेवकहरु मध्ये पुरुष तर्फ चन्द्र प्रसाद जैसी र महिला तर्फ संगिता बिक उत्कृष्ट स्वयम्सेवक २०८२ घोषणा भई सम्मानीत भएका छन् । यसैगरी आज नै इनोभेटिम राष्ट्रिय युवा स्वयम् सेवक पुरस्कार बर्दियाका एक नारायण अधिकारीले हासिल गरेका छन् ।
विभिन्न चरण पार गरि जम्मा १० जना प्रतिष्पर्धीहरु मध्ये अधिकारी उत्कृष्ट पहिलो स्थान हात पार्न सफल भएका हुन् । पुरस्कार प्राप्त गरेसँगै अधिकारीले ट्रफि, दोसल्ला सहित नगद ५० हजार प्राप्त गरेका छन् ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE