शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सत्कर्मले नै हुन्छ जीवन सुन्दर : ज्योतिष सन्देश अर्याल

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

तपाईको जरा ( Root ) बलियो छ भने कसैले तपाईलाई हल्लाउन सक्दैन । तपाईले आफ्नो जरालाई यतिधेरै बलियो बनाउनुहोस् कि कुनै मानिसले तपाईलाई Harm गर्न नसकुन् ।

तपाईको शरीरमा रोग प्रतिरोधात्मक शक्ति बलियो छ भने कुनै पनि रोगले तपाईलाई छुन सक्दैन कुनै डरत्रासले सताउन सक्दैन । आफ्नो रोग प्रतिरोधात्मक क्षमता विकसित गर्नुहोस् । जुन तपाईंको जीवनमा आवश्यक छ ।
यसका निम्ति केही कामहरू गर्न सकिन्छ । जस्तो –

१ घरमा प्रत्येक दिन श्रीमद्भागवत गीताको पाठ गर्नुहोस् ।
२शाकाहारी खाना खानुहोस् ।
३छोराछोरीलाई संस्कृत विद्यालयमा भर्ना गर्नुहोस् ।

तपाईले आफ्नो छोराछोरीलाई घरमा भजन किर्तन गाउन नसिकाउने हो भने , छोराछोरी लाई अङ्ग्रेजी माध्यमिक विद्यालयमा भर्ना गर्ने हो भने छोराछोरीलाई जबर्जस्ति मासु खुलाउने र आफैले पनि काटमार गर्ने हो भने तपाईंको भलो हुँदैन ।
अरुले देश बर्बाद गरे , नेताले देश सक्काए भनेर अरुलाई आरोप लगाएर मात्र हुन्छ र ? आफू पनि शुद्ध पनि हुनुपर्यो नि ।

कुलदेवताको पुजा गर्नुस् , छोराछोरीलाई कुलदेवताको पूजा गर्न सिकाउनुस । इष्टदेवता , कुलदेवता , ग्रामदेवता , पितृदेवता र गणेशको जसले पुजापाठ गर्छन , नाम जपछन , उनीहरुलाई जीवनमा कुनै बाधा अड्चन समस्या आउदै आउदैन । भुतप्रेतले कहिले सताउदैन , डिप्रेसनमा कहिले जादैन । ग्रह गोचर फरक कुरा हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x