शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

पार्टीले भातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन उन्मुख गर्नुपर्छ: महामन्त्री उम्मेदवार महर

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं, नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीले आफ्ना भातृ तथा शुभेच्छुक संस्थाहरूलाई अविलम्ब अधिवेशन उन्मुख गराउनुपर्नेमा जोड दिएका छन्। उनले आज बिहान काठमाडौंको बानेश्वरमा आयोजित भातृ तथा शुभेच्छुक संस्थाका अगुवा नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा उक्त धारणा राखेका हुन्।

महामन्त्रीका प्रत्यासी महरले पार्टीलाई जीवन्त र गतिशील बनाउन भातृ संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै नियमित अधिवेशनले नै संस्थाहरूलाई वैधानिक, सक्रिय र उद्देश्यप्रति केन्द्रित बनाउने तर्क गरे। “लामो समयदेखि अधिवेशन हुन नसक्दा धेरै संस्थाहरू निष्क्रिय जस्तै बनेका छन्, यसले पार्टीको समग्र संगठनलाई कमजोर बनाउँछ,” उनले भने, “पार्टी नेतृत्वले यसतर्फ गम्भीर ध्यान दिई सबै संस्थाहरूलाई अधिवेशनमय बनाउन पहल गर्नुपर्छ।”

उनले थपे, “अधिवेशनले नयाँ नेतृत्व विकास गर्छ, कार्यकर्तामा उत्साह थप्छ र पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म लैजान ऊर्जा प्रदान गर्दछ।” आफूले भातृ तथा शुभेच्छुक संस्थाहरूको नियमित अधिवेशन सुनिश्चित गर्न र तिनलाई थप प्रभावकारी बनाउन विशेष पहल गर्ने प्रतिबद्धतासमेत महरले व्यक्त गरे।

उक्त भेटघाट कार्यक्रममा विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका वर्तमान तथा पूर्व पदाधिकारी एवं सक्रिय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उनीहरूले पनि संस्थाले भोगिरहेका समस्या र अधिवेशनको आवश्यकता बारे आ-आफ्ना धारणा राख्दै महरको प्रस्तावमा समर्थन जनाएका थिए। १५ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र सांगठनिक सुदृढीकरण र भातृ संस्थाहरूको क्रियाशीलताको बहसले प्राथमिकता पाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x