शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

भारतको गोवामा एक नेपालीले गरे आत्महत्या

  • 120
  •  
  •  
  •  
  •  
  •  
  •  
    120
    Shares

प्रेम सेर्पाली
गोवा भारत भारतको उत्तर गोवा स्थित परवरी जंगलमा एक नेपाली युवाले आत्महत्या गरेका छन् । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं ९ रोटे पानी निबासी बीर बहादुर वलीका २२ बर्षिया छोरा यकराज वलीले बिच जंगलको एक रुखमा आत्महत्या गरेका हुन् । सन् ६ मइ २०२५ का दिन बिजुलीको तारको सहाराले घाटीमा पासो लगाई रुखमा झुन्डिएको अबस्थामा भेटिएका थिए। उनको पार्थिव शरीर गोवा मेडिकल कलेजमा पोष्ट माष्टम गरिएको र रिपोर्ट आत्महत्या पृष्टि भएको आफन्तजन भिम बहादुर वलीले बताएका छन् ! मृतक वली सोसाइटीमा काम गर्थे भने ६ महिना पहिला मात्र उनी गोवा आएका थिए । बेरोजगारीका कारण गोवा राज्यमा नेपालीहरुको बाक्लो उपस्थिती छ । बिशेष त दाङ , रुकुम पश्चिम, सुदूरपश्चिम का मानिसहरूको बाहुल्यता छ । गरिबी र बेरोजगारको चपेटामा परेर तनावग्रस्त भएपछि नेपालीहरु आज आत्महत्या गर्न बिबश छन् ।गत बर्ष पनि रुकुम पश्चिमलका एक जना युवाले आत्महत्या गरेका थिए । पछिल्लो समयमा सवारी दुर्घटना र आत्मा हत्याका कारण गोवा राज्यमा नेपालीहरुले मृत्युबरण भएको देखिन्छ । बिभिन्न सामाजिक परोपकारी संस्था र आफन्तजनको उपस्थितिमा पणजीको शान्तिनेसमा आज दाहसंस्कार गरिदै छ । भावपूर्ण श्रद्धाञ्जली 😭 शोकाकुल जनमा गहिरो समवेदना ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x