सिन्धुपाल्चोक क्षेत्र नम्बर १मा उर्लिदै पराजुलीको लहर

रातो नेपाल: माघ १८,सिन्धुपाल्चोक । रास्वपा को सिन्धुपाल्चोक क्षेत्र नम्बर१ बाट फाल्गुन २१ गते हुने प्रतिनिधिसभा को चुनाबमा उम्मेदवारी दिएका भरत प्रसाद पराजुलीले बलेफी गाउपालिकाका मतदाताहरुसङ्गको भेटघाटलाई दिनभर तीव्रता दिएका छन।
उम्मेदवारी मनोनयनपछि तीव्र बनेको भेटघाट तथा चियापान अन्तर्गत बलेफिको गाउपालिकाको जुरे,ड्यामसाइड,लामोसाघु,खाडिचौर,अन्धेरी,कोठे हुँदै बलेफी बजारसम्म पुगेर टुङ्गिएको थियो।
भेटघाटको अवसरमा देखिएको भीडले रास्वपाको उपस्थितिलाई सामान्य प्रतिस्पर्धीभन्दा माथि पुर्याएको स्थानीयको प्रतिक्रीया छ।
हातमा फुलमाला खादा लियर पराजुलीलाई स्वागत गरिरहेको दृश्य रोचक बनेको थियो भने खाडिचौर अधेरी, पराजुलीको निबास क्षेत्र समेत हो।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE