मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

उद्योगी व्यवसायीमा आशा पलाएको छ, ढुक्क भएर लगानी गर्न आग्रह – अर्थमन्त्री पौडेल

  • 2.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक आशावादी यात्रामा अघि बढेको बताएका छन् ।

बुटवल उद्योग बाणिज्य संघको ७१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले ५ बर्षको स्थिर सरकार देख्न नपाएको अवस्थामा दुई ठूला दल मिलेर स्थिर सरकार दिने प्रयास गरेपछि देशमा आशाको सञ्चार भएको दावी गरे ।

अहिलेको सरकार भन्दा गतिलो सरकार यो सांसदले बनाउन सक्दैन, यो सरकार बनेसँगै नागरिक र उद्योगी व्यवसायीमा आशा पलाएको छ।

विगतका सरकारले निम्त्याएको प्रतिकूलता र ओरालो यात्राबाट अर्थतन्त्रलाई सकारात्मक यात्रामा ल्याउने कोसिस भइरहेको भन्दै उनले हरेक दिन निजी क्षेत्रका समस्या सुन्न तालिका बनाएर सुनेको र समाधानका उपाय खोज्न मद्दत पुगेको बतए।  सरकारले नीजि क्षेत्रका राय सुझावका आधारमा नीतिगत सुधारको थालनी गरिसकेको भन्दै अब ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x