उद्योगी व्यवसायीमा आशा पलाएको छ, ढुक्क भएर लगानी गर्न आग्रह – अर्थमन्त्री पौडेल


उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक आशावादी यात्रामा अघि बढेको बताएका छन् ।
बुटवल उद्योग बाणिज्य संघको ७१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ४६ यता मुलुकले ५ बर्षको स्थिर सरकार देख्न नपाएको अवस्थामा दुई ठूला दल मिलेर स्थिर सरकार दिने प्रयास गरेपछि देशमा आशाको सञ्चार भएको दावी गरे ।
अहिलेको सरकार भन्दा गतिलो सरकार यो सांसदले बनाउन सक्दैन, यो सरकार बनेसँगै नागरिक र उद्योगी व्यवसायीमा आशा पलाएको छ।
विगतका सरकारले निम्त्याएको प्रतिकूलता र ओरालो यात्राबाट अर्थतन्त्रलाई सकारात्मक यात्रामा ल्याउने कोसिस भइरहेको भन्दै उनले हरेक दिन निजी क्षेत्रका समस्या सुन्न तालिका बनाएर सुनेको र समाधानका उपाय खोज्न मद्दत पुगेको बतए। सरकारले नीजि क्षेत्रका राय सुझावका आधारमा नीतिगत सुधारको थालनी गरिसकेको भन्दै अब ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE