सत्तापक्ष र प्रतिपक्षीले रणनीति बनाउन भिन्न ठाउँमा छलफल ,प्रतिनिधि सभामा ढिलाई


संसदमा बिहीबार भएको अवरोध र मुठभेडपछि सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू थप रणनीति बनाउन जुटेका छन् । रणनीति बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरु बानेश्वरमा छलफल गरिरहेका छन् भने सत्तापक्षका शीर्ष नेता सिंहदरबारमा छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने सिंहदरबारमा छलफलमा जुटेका हुन् । बानेश्वरमा कांग्रेससँगको छलफलमा राप्रपा, लोसपा, जसपा नेपाललगायका नेताहरू छलफल छन् ।
दुवैतर्फका छलफलमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, संसद्को हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको खवर प्राप्त भएको छ ।
दुवै पक्षका नेताहरूको आन्तरिक छलफलको कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE