मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

जसपा नेपालका अभियन्ताले पालन गर्नुपर्ने नियम र आचारसंहिता

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares
जनता समाजवादी पार्टी (जसपा) नेपालका अभियन्ताका रुपमा पालिकामा खटाइएका अभियन्ताले विभिन्न दसवटा नियम र आचारसंहिता पालन गर्नु पर्नेछ । पार्टीले ४ महिने आधारभूत सङ्गठन निर्माण अभियानमा खटिएर जाँदा अभियन्ताले पालन गर्नुपर्ने नियम र आचारसंहिता तय गरेको छ । जसअनुसार अभियन्ताले बैठक र कार्यक्रमको सुरुवात तोकिएको समयमै गर्नुपर्ने तथा आसनग्रहण र सम्बोधनमा कम समय खर्चिनु पर्नेछ । कार्यक्रमलाई भड्किलो, खर्चिलो र आडम्बरयुक्त बनाउन पाइने छैन । जात, लिङ्ग, वर्ग, क्षेत्र, पेसा, शिक्षा, भाषा र धर्मको आधारमा कसैलाई अपमान गर्न तथा व्यक्तिगत घोचपेच  र आरोप प्रत्यारोप गर्न पाइने छैन ।
त्यसैगरी अभियन्ताले आफ्नो कुरा अपिलको शैलीमा राख्नुपर्ने छ साथै छोटो र मीठो बोल्नुपर्ने छ । अभियन्ताले पदलाई पुरस्कार हैन जिम्मेवारीको रुपमा ग्रहण गर्नुपर्ने छ । अभियन्ताले परिणामुखी काम गर्ने तथा आफ्नो कामको रिपोर्ट बनाएर पार्टीलाई बुझाउनु पर्ने छ ।
पार्टीभित्र छलछाम, षड्यन्त्र र गुटबन्दी गर्न पाइने छैन । साथै अभियन्ता अध्ययनशील, मेहनती र सक्रिय रहनु पर्ने छ ।

जसपा नेपालले भदौ ९ गते काठमाण्डौको थापागाउँस्थित काठमाण्डौ ब्याङ्क्वेटबाट ४ महिने अभियानको उद्घाटन गर्ने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x