मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

श्री सरस्वती आधारभूत बिधालय आठबिसकोट १० फलाटेको बिधालयको भौतिक संरचना निर्माण कार्यको लागी सहयोग गरिदिनुहुन अनुरोध

  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० फलाटे घर भई हाल अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका समाजसेवी टिकाराम पुन मगरले
समाज सेवा गर्न दुरिले फरक नपार्ने कुरा पुष्टि गर्नु भएको छ। टिकाराम लामो समय देखि समाज सेवामा सक्रिय हुनुहुन्छ।
अमेरिकामा बस्नुहुने अरुको दु:खलाई आफ्नै दुख ठानेर सरसहयोग गर्दै आउनुभएका युवा समाजसेवी टिकाराम पुन मगरको पहलमा श्री सरस्वती आधारभूत बिधालय आठबिसकोट नगरपालिका वडा न.१० फलाटे रुकुम पश्चिम को बिधालयको भौतिक संरचना निर्माण कार्यको लागी आर्थिक संकलन अभियान सुरु गर्नु भएको छ।

उच्च अवसरको खोजी मानवीय चरित्र हो। कमाइको केही अंश नेपाली समाजको उत्थानमा समर्पित गर्दैआएका छ्न । मगरले रातो नेपाल
लाई भन्नुहुन्छ सामाजिक कार्यले मलाई अहिलेसम्म धेरै कुराहरु दिएको छ ! यो समयसम्म आइपुग्दा थुप्रै सम्मान, माया, आसिर्बाद, चिनजान र धेरै मूल्यमान्यताका कुराहरु दिएको छ ! मलाई थाहा छैन म कहाँ पुग्छु के गर्छु तर यो थाहा छ जहाँ जान्छु जे गर्छु राम्रो गर्छु सबैको नजरमा पर्छु ।

समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यसले खाँचोमा परेका र पिडितहरूलाई मद्दत गर्ने जनाउँछ । यो स्वैच्छिक सेवा हो । समाजसेवाले गर्दा समाजको र देशको विकास हुन्छ ।
राम्रो काममा आफ्नो व्यस्तता भइरहेको छु अनि सक्ने केहि गरिरहेको छु।

” सहयोग गरीदिनु हुन हार्दिक अपिल”

आठबिसकोट नगरपालिका वडा न:१० रुकुम पश्चिम मा रहेको श्री सरस्वती आधारभूत बिधालय फलाटेको भौतिक संरचना देखी लिएर बालबालिका लाई बाल मैत्रीपुर्ण पठनपाठन गर्न कठिन र असहज भएको हुदा, एउटा अभियान चलाएको तपाई हरु बिच जानकारी गर्दछु।

भौगोलिक हिसाब ले पनि पिछडिएको र त्यहा बस्ने युवा हरु ले समाज प्रति चासो जिग्यासा नभएको कारण ले नै गर्दा आज, बिधालयको संस्था देखी लिई हरेक कुरामा कमजोर हुदै गएको कुरा तपाई हामि लाई थाहा भएको नै हो, साबिक मग्मा गाबिस बाट पनि हामि हरेक बिकास, निकास, र बजेट बाट ठगिएको थियौ, अहिले ८/२० कोट नगरपालिका बाट पनि ठगिएको छौ, बालबालिका लाई बाल मैत्री पुर्ण तरिकाले पठनपाठन गर्न र गराउन सारै कठिनाई पुर्ण छ्।
बेन्च, डेस्क र ह्वाइट बोर्ड, मार्कल, खेलकुद का शैक्षिक सामाग्री पिउने शुद्द पानीको धारा सौचालय, खाजा पकाउने भान्सा घर लगायत यस्तै थुप्रै समस्या हरु बिधालय परिवार ले भोग्नु परेको छ्।एहि समस्याका बाबु जुत केहि सहजीकरण गर्नाको लागी तपाई हाम्रो एकता र साथ सहयोग समर्थन अवश्य पनि छ र रहने छ्।

आफु जन्मेको मातृभूमि लाई माया ममता गर्नु संरक्षण गर्नु, सार्वजनिक चिज लाई जोगाएर राख्नु, बिकास र निकासको लागी आवाज उठाउनु तपाई हाम्रो कर्तव्य भित्र पर्दछ्। सरकार का ढोका ढकढक्याउनु र खुद आफैले पनि गर्नु एउटा मानवता भित्र पर्ने असल गुन पर्दछ्।


– एकता नै बल हो भन्ने वाक्य लाई सिद्द गर्न तपाई हामि लाग्नु जरुरी देखिन्छ्। तपाई हाम्रो सानोतिनो साथ सहयोग ले गर्दा नै ति बालबालिका को अनुहार मा खुसिले छाउने छन र सुनौलो भबिष्य बन्ने छ, बिधालय परिवारका सम्पुर्ण सदस्य हरु को मुहार मा चुम्बकिए धुर्व पलाउने छन हाम्रो साथ सहयोग ले उहा हरु लाई थप उर्जा सिर्जना हुने छ तपाई हामि ले गरेको आर्थिक सहयोग बाट बिधालयको संस्थालाई आवाश्यता परेका अपुर्ति भएका बस्तु लाई पुर्ति गर्ने लक्ष्य ले नै यो कार्यक्रम चलाएको सुचना गर्दछु, तपाई ले दिनु भएको अमुल्य सहयोग को पोका लाई कुनै ठाउमा हिनामिना नगरी बिधालय को संस्था मा उपलब्ध गर्ने वाचा गर्दछु।
तपाई को सानो सहयो हाम्रो संस्था र हाम्रो गाउ ठाउको लागी सधै भरी स्मरण योग्य र समाजको गहना बन्ने छ्।फुलको संसारमा फुलै संसार काडाको संसारमा काडै संसार बाकि हजुर को आग्या! ! हाल को नया रेकर्ड अनुसार हाम्रो बिधालयको भौतिक संरचना निर्माण कार्यको लागी जमा १२७ सदस्य हुन सफल भएको छौं अनुमानित रकम १७/१८ लाख जम्मा हुने सम्भावना देखीएको छ, म कार्यक्रम संचालक भएको नाताले सहयोग गर्नु हुने सम्पुर्ण सदस्य ले मेरो स्वास्नि दिपा बिष्ट मगरको खातामा पैसा जम्मा हुदैछ, कार्यक्रम को अन्तिम मा मैले सबै पैसा हिसाबकिताब गरी बिधालयको ब्यबस्थापन समिति को अध्यक्ष को र बिधालयको प्रधानाध्यापक को सयुक्त खातामा हालि दिने छु। मैले पैसा हालेको ओसी लाई मैले खोलेको ग्रुपमा र सामाजिक संन्जाल बाट सार्वजनिक गर्ने छु। त्यहा ब्यबस्थापन समितिले बैठक सर्वसमाज लाई बसाली वडा सरकार देखी लिएर नगर सरकार सम्म पहल कदम गरी हाम्रो बिधालयको भौतिक संरचना निर्माण कार्यतिर लाग्ने छौ!

कार्यक्रम संन्चालक टिकाराम पुन मगर ( चिन्तन) हाल अमेरिका

WRITE COMMENTS FOR THIS ARTICLE

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x