मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

सरकार पूर्ण कार्यकाल टिक्छ : उपप्रधानमन्त्री पौडेल

  • 4.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
    4.6K
    Shares

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस– एमाले गठबन्धनको सरकार पूरा कार्यकाल टिक्ने बताएका छन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज गएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगर प्रमुखहरुलाई आग्रह गरे ।“राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस्”, उपप्रधानमन्त्री पौडेलले भने, “यो सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौँ ।”

उनले नगरप्रमुखहरुलाई सङ्घीय गठबन्धनको गतिमा काम गर्न आग्रह गरेका छन् । “यो गठबन्धन तलमाथि हुन्न, अब विकल्प पनि छैन, तपाईहरु  त्यही गतिमा काम गर्नुस्”, उनले भने । उनले वित्तीय समानीकरणको बाँकी रकम भुक्तानीका लागि पहल गर्ने बताए । “वित्तीय समानीकरणको बाँकी रकम निकासाका लागि पनि म पहल गर्छु”, उनले भने ।

सङ्घका अध्यक्ष ढुङ्गानाले वित्तीय समानीकरण अनुदानवापतको रकम अझै सात प्रतिशत निकासा हुन बाँकी रहेको भन्दै सो रकम निकासा गरिदिन आग्रह गरे । “वित्तीय समानीकरणको सबै अनुदान हामीले पाएका छैनौँ, त्यो रकम तत्काल निकास गराइदिनुहुन अनुरोध गर्दछु”, अध्यक्ष ढुङ्गानाले भने, “वित्तीय समानिकरणको पूर्ण अनुदान आउँछ भन्नेमा हामी विश्वस्त छौँ ।” भेटघाटका क्रममा नगरपालिका सङ्घका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x