मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

देशमा सङ्कटकालको अबस्था – सुरेशकुमार पाण्डे

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

नेपालभित्र पसेर भारतिय पत्रकारहरूले नेपाली पत्रकारप्रती दुर्व्यबहार गर्छन्। तर प्रसाशन मोन रहन्छ।अहिले मिडिहरूमा आएको वास्तविक घटनामा सरकार मौन किन?
भारतिय पत्रकारहरू बिनाकुनै इजाजत नेपालमा पस्छन्।र नेपाली पत्रकारलाई धम्काउछन उनिहरूलाई हीन्दिमा कुरागर्न भन्छन्।किन आफ्नो देशका भाषा समेत बोल्न नपाइने?बिदेशीहरू देशभित्र आएर तिमिहरू हाम्रो भाषामा बोल्नुपर्छ भन्नु लाई साम्नयारूपमा लिनु हुंदैन।के सरकारले देश बिक्रिगर्ने ठेक्का लिएको हो?नेपाली जनताहरूलाई बिदेशीको हातबाट मराउने ठेक्का लिएको हो?
अहिले देशभित्र छिमेकिहरूको चलखेल ब्यापक रूपमा बढेको छ।
सिमानाहरू सग सटेका जिल्ला सिमानाको आसपास भारतियहरूको निर्धक्क आवागमनले नेपालीहरू अशुरक्षित महेसूस् गरेकामात्र छैनन् असुरक्षित् हुनथालेकाछन्।बिदेशी पत्रकार आएर देशभित्रका पत्रकारहरूलाई हाकार्ने गर्छन्।
सरकारको दब्बुपनले देशका जनताहरू अशुरक्षित् महेसुस् गरेकाछन्।कुनवेला बिदेशबाट घुण्डाहरू आएर देशका सर्वसाधारण जनताहरू देशभक्त पत्रकारहरू पिटिन्छन्-कुटिन्छन् अनिश्चित जस्तो भएकोछ।सरकारको गलतनीतिले देशमा बिदेशीहरू आएर अराजकता फैलाउंन थालेकाछन्।वंशजको आधारमा नागरिकता दिने सरकारको निर्णयपछि देशका सिमानाहरूमा यस्ता घटनाहरू दिनौदिन घट्न थालेकाछन्।
सरकार भित्र भयकै बिभिन्न दलहरूले आफ्नो विज्ञाप्ति निकालेर यहबारेमा आआफ्नो धारणा सार्वजनिक गर्नुपर्छ।आखिर सरकारमा बस्दा सम्म सरकारले राष्ट्रघात गरेपनि,बिदेशीको दलाली गरेपनि,देशमा भ्रष्टाचार गरेपनि जेसुकै गलत कृयाकलाप गर्दापनि मौन रहनैपर्ने आचार सहिंता हुन्छ ? गठबन्धन भित्र।एकातिर सरकारे बिपक्षहरूलाई भ्रष्टाचारमा घेर्दा सरकारको प्रसंसा गर्ने र सरकारलाई खुसिपार्ने आर्को तर्फ असमान र राष्ट्रघात सरकारले गर्दा मौन रहने सरकार भित्रका घटक दलहरूले के खोज्दैछन्?देशलाई डुबाउन जनतालाई मराउन खोज्दै छन् त? जस्ले पनि रोजि बेटिको साइनो भन्दै नेपाल पस्नथालेकाछन्।तर नेपाल र भारतको बिचमा अत्यान्तै कटुपनको सिर्जना भएको छ।
एकातिर बैंकले भारतिय रूपियांलाई सट्टि गर्न रोकलगाएको छ।आर्को तिर भारतबाट मज्दुरिगरेर भित्राइएको रूपियांलाई काला बजारीहरूले सस्तोमा किनेर जनतालाई चुनालगाएकाछन्।सरकार मौन छ।आखिर हाम्रो देशको सरकार हो। यो वा भारतिय दलाल हो?सरकारले नै बिदेशीको दलाली गरेपछि देशका पत्रकारहरूको वा सर्वसाधारण जनताको अबस्था कस्तो होला?
पत्रकारहरूले आफ्नो ज्यान हत्केलामा राखेर बिदेशी अतिकर्मणको बिरोधमा आवाज उठाउँछन्।तर जनताले चुनेर संसदमा पुगेका ठुला र आफुलाई शक्तिसाली राजनीतिक पार्टिका भनौदा नेताहरू बिदेशीको चाक्रिगर्न जुटेका हुन्छन्।त्यसैले बिदेशीहरूको हिम्मत बढेको हुन्छ।नेपालीलाई दाश बनाउने र नेपाललाई मण्डि बनाउँने भारतियहरूको मनोदशाले गर्दा नेपाली र नेपाल देश दुबै खतरामा परेकाछन्।
देशमा भयका उद्दोगहरू बन्द गराएर बिदेशीको मण्डिको रूपमा देशलाई दुनियामा चिनाउँनथालेका दलालनेताहरूलाई चिनेर उनिहरूलाई कि त सिमा कटाउँने कि भने जेलभित्र कोच्ने नगर्दा सम्म देश खतरा मुक्त हुनसक्नेछैन्।
कयौं देशभक्तहरूले देशको झण्डा बोकेर आजिवन लडेकाछन्।देशले गुमाएको भूमिकालागी निरन्तर शङ्घर्षमा खटेकाछन,पत्रकारहरू सिमाना बाट आउँने खतरालाई कवरेज गरेकाछन,प्रसारण गरेकाछन्।जनताहरूलाई सचेत र नेताहरूलाई खबरादरी गरेकाछन्।तर हालत झनपछि झन तर बन्दै गएको छ।त्यो वास्तवमा देशको मुटुमा बसेका बिदेशीका दलालहरूले गर्दा नै भयको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x