शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

महानगरले सुलभ फार्मेसी सञ्चालन गर्दै

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौँ महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी अगाडी बढाएको छ ।

महानगरले बजेटमा घोषणा गरे अनुरुप ‘सुलभ फार्मेसी’ सञ्चालनका लागि बुधबार गोरखापत्रमा सूचना निकाल्दै ५ स्थानमा घर भाडामा लिने समेत बताएको छ ।

महानगरको स्वास्थ्य विभागले महानगरपालिका भित्रका ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने प्रस्तावको १५ दिने सूचना प्रकाशित गरेको हो ।

महानगरपालिकाले महाराजगञ्ज क्षेत्रमा वडा नम्बर ३ को स्वास्थ्य प्रवर्द्धन केन्द्र नजिकै, वीर अस्पताल क्षेत्रमा वडा नम्बर २२ को स्वास्थ्य प्रवर्द्धन केन्द्र नजिकै, कालीमाटी क्षेत्रमा १३ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्र नजिकै, लैनचौर क्षेत्रमा वडा नम्बर २६ को स्वास्थ्य प्रवर्द्धन केन्द्र नजिकैको घर भाडामा लिने जानकारी गराएको छ ।

महानगरपालिकाले भाडामा लिने घर आठ सयदेखि १२ सय वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्ने, कम्तीमा तीन वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने पार्किङ स्थान हुनुपर्ने उल्लेख गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x