माओवादी नगर समिति कोहलपुरद्वारा संकलन गरेको खाद्यान्न जाजरकोट पठाइयो


कार्त्तिक १७ गते शुक्रबार राति ११:४७ बजे जाजरकोट जिल्लाको बारेकोट-१ रामीडाँडा केन्द्र बिन्दु भई गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले प्रभावित जाजरकोट जिल्लाका नलगाड बारेकोट लगायतका विभिन्न क्षेत्रहरू तथा रुकुम पश्चिम जिल्लाका आठबीसकोट ,सानोभेरी तथा चौरजहारीका आसपासका क्षेत्रहरूमा धनजनको ठूलो क्षेती पुर्याएको छ।
जाजरकोट र रुकुममा गएको भुकम्प बाट पीडित परिवारका लागी नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले संकलन गरेको खाद्यान्न जाजरकोट पठाइएको छ । माओवादी नेता कार्यकर्ता र शुभचिन्तकद्धारा संकलित खाद्यान्न प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका प्रशासनिक विज्ञ सल्लाहकार रामदीप आचार्य र राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा मार्फत भुकम्प पीडितहरुलाई हस्तान्तरणका लागी जाजरकोट पठाइएको माओवादी केन्द्र कोहलपुरका उपाध्यक्ष बल बहादुर खड्का (अविरल)ले जानकारी दिनु भयो ।
शनिबार बिहान नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको आकस्मिक बैठक बसी राहत संकलन सुरु गरेको थियो । माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले संकलित खाद्यान्न मध्ये केही प्रधानमन्त्री कार्यालय मार्फत पठाइएको र बाकी सोमवार जाजरकोट लगेर सम्वन्धीत निकायलाई हस्तान्तरण गरिने जानकारी दिए । शनिवार माओवादी केन्द्र कोहलपुरले १५० बोरा चामल संकलन गरेको छ । शुभेच्छुकहरूले आइतबार पनि संकलन कार्य जारी राखेको अध्यक्ष खड्काले जानकारी दिए । आफू केही खाद्यान्न , त्रिपाल लगातारका सामाग्री सहित जाजरकोट जान लागेको बताउँदै त्यहाँको अवस्था हेरेर पीडितहरूको आवश्यकता अनुसार सरकारले सहयोग पुर्याउने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE