मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलको उम्मेद्बारी , गैर आवासीय नेपालीको भावनालाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेद्वारी दिने घोषणा गरेका छ्न । उनको घोषणासँगै एसियाभरिका गैर आवसिय नेपालीहरू माझ चर्चा – परिचर्चा सुरु भएको छ ।
उनले गैर आवासीय नेपाली संघको विभिन्न भुमिकामा रहेर काम गरिसकेका छ्न । कंडेलले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा दुई कार्यकाल काम गरिसके छ्न । २०१९-२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम गरिरहेका छन ।
जापानमा क्रियाशील बहुकोट समाज जापानको वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा व्यावसायी कंडेल जापानमा सामाजिक कार्य गरेर पनि चर्चा आइरहन्छ्न । जापानमा रहेका नेपाली माझ उनी परिचित पनि छ्न । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कंडेल सरल र मिजासिलो स्वभावका व्यक्ति हुन । उनी एनआरएनएको एक अभियन्ताका रुपमा समेत चिनिन्छन ।
एनआरएनएमा तहगत समन्वयात्मक सहकार्यसहित युवा सहभागिता, सबैको अपनत्व भएको प्रविधिमैत्री संस्था र दोश्रो पुस्ता समावेश एनआरएनए आजको आवश्यकता हो भन्दै आएका कडेल आफ्नु योजना कार्यान्वयन गर्नका लागि स्पष्ट कार्यक्रमसहित उप संयोजक पदमा उम्मेदवारी दिएको बताउछ्न ।
कंडेल विगतमा आफूले पाएको जिम्मेवारी सफलताका साथ पुरा गरेकोले एसिया प्यासिफिकका डेलिगेट्सहरूले भरोसाका साथ मत दिनेमा विश्वस्त छन ।
‘म एशिया प्यासिफिकको युवा संयोजक हुँदा प्रवासी नेपालीको दोस्रो र तेस्रो पुस्तालाई नेपालसँग जोड्ने कड़ीको रूपमा रहेको एनआरएनए ग्लोबल वक्तृत्वकला प्रतियोगिता मेरो संयोजकत्वमा सफलताका साथ सम्पन्न गरेको छु । उप संयोजक पदका प्रत्यासी रहेका कंडेलले भने- नयाँ पुस्ताका कलिला किशोरकिशोरीहरुबाट सुरु गरेको पहिलो वक्तृत्वकला प्रतिस्पर्धामा सहभागीहरुको प्रस्तुति सुन्दा र हेर्दा हामीले नै डाहा गर्नुपर्ने अवस्था आईसकेको रहेछ। त्यो थाहा पाउदा खुशी लागेको थियोे । म निरन्तर नेपालीको भलोमा लाग्ने प्रेरणा जागेको थियोे ।
उनि भन्छन् – `हामीले नयाँ पुस्तालाई नेपाल र नेपाली भन्ने भावना जगाउनुपर्छ । नेपालीका लागि नेपाली भन्ने नाराको अर्थ बुझाउन पर्छ । एनआरएनएमा नेपालीपन पनि समेटनपर्छ । मलाई यस्ता कार्यक्रमले उत्प्रेरित गर्ने भएकोले गैर आवासीय नेपालीहरुको लागी काम गर्न उम्मेद्बारी दिएको हुँ । सिर्जनात्मक कार्यक्रमलाई नियमितता दिनका लागि पनि मेरो उम्मेदवारी हो । ´

एनआरएनएको मर्म र भावना अनुरुप व्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपालप्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने कंडेल बताए ।
संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो क्षमतालाई उपयोग गर्नका लागि एनआरएनएको अभियानमा रहिरहन पदीय जिम्मेवारी आवश्यक भएको भन्दै आफ्नो उम्मेदवारी फगत पद र प्रतिष्ठाको लागि मात्र नभएर एनआरएनएको संस्थागत सुदृढीकरणका लागि भएको उनको भनाई छ ।
कंडेल अगाडि भन्छन् ” एसियाका सबै एनआरएनए डेलिगेटसहरुबाट एसिया प्यासिफिक उपसंयोजकमा समर्थन र मतको लागि हार्दिक अनुरोध गर्दछु।अबसर पाएको खण्डमा संस्थामा यो र त्यो नभनी एसिया प्यासिफिक संयोजकको निर्देशनमा कार्य योजनालाई इमान्दारिताको साथ पुरा गर्ने काममा निरन्तर लाग्नेछु।”
“प्रवासी नेपालीहरूको शारीरिक र मानसिक स्वाथ्य सचेतनालाई ध्यानमा राखेर भौतिक र भर्चुवल रूपमा सचेतनामूलक कार्यक्रम गर्ने आफ्नो अर्को मुख्य कार्यभार हुने उनले बताए ।
उनले आफ्नु उम्मेद्बारीको सन्दर्भमा सामाजिक संजालमा लेखेका छ्न –
एसिया प्रशान्त क्षेत्र तथा विश्व भर छरिएर रहनु भएका सम्पूर्ण राष्ट्रिय परिषदहरु, गैर आवासीय नेपाली संघका अग्रज तथा अभियन्ता महानुभावहरु तथा पंजीकृत सदस्य महानुभावहरुमा, गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको ११औँ महाधिवेशनको एसिया प्यासिफिक क्षेत्रको सह- संयोजक पदको (DRC) निर्वाचनमा सबै अग्रहरुको साथ सहयोग का साथै दर्ता गरेको छु सोहि अनुसार आफ्नो अमुल्य मत प्रदान गरि सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु !!
धन्यवाद ।
दिपक प्र कंडेल
क्षेत्रीय सह-संयोजक पदको उमेदवार (DRC)
एसिया प्यासिफिक क्षेत्र

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x