प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महराको बाबु छोराको छानवीन हुनुपर्ने माग गरेको छ


प्रमुख प्रतिपक्ष नेकपा एमालेको नेता, प्रमुख सचेतक सांसद पदम गिरीले प्रतिनिधि सभाको बैठकको सुरुवात मै मन्त्रीहरु कै मिलेमतोमा सुन तस्करी भएको बताएका छन् । उनले महराको बाबू छोराले चिनियाँ व्यापारीलाई १९५ पटक फोन गरेर भन्सारमा रहेको सुनको बारेमा कुराकानी गरेका थिए र रेकर्डमा हेर्दा तथ्यपरक रहेको बताउदै महरा र छोराहरुको छानवीनमा जोड दिएका छन् ।
त्यसका साथै सानो माछोलाई मात्रै थुनुमा राखेर हुदैन उच्चस्तरीय छानवीन समिति गठन गरि गम्भीरतापूर्वक अगाडी बढ्नुपर्ने बताएका छन् ।
उनले व्यक्ति नहेरिकन यथाशीघ्र छिटो सुन तस्करीको मुद्दा टुंगोमा पुर्याउनु पर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री र अर्थमन्त्री पदमा बँस्नु लज्जास्पद भएको र कुनै औचित्य नरहेको भन्दै राजिनामा समेत माग गरेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE