गायिका रचना रिमालले पितालाई सम्झेर गीत गायिन

केही दिनपछि आउदै गरेको बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै काठमाडौको A Level स्टुडियोमा ‘पिता’ बोलको गीत रेकर्डिङ भएको छ।
अहिले सांगेतिक बजारमा निकै नै ब्यस्त रहेकी चर्चित गायिका रचना रिमालले साच्चै समधुर हृदयस्पर्सी तरिकाले यस गीतलाइ आफ्नो पितालाइ सम्झेर स्वर हालिन्।
गीत गाउने क्रममा आफ्नो पिताको संघर्षलाई सम्झदै झन्नै झन्नै भक्कानिदै यस गीतलाइ मुटुदेखी नै गाएको उनले बताइन् ।
यस गीतलाइ भदौ १० भित्रमा भिडियो सहित ल्याउने र धेरै गीतहरु आमा,मायापिरती,देशभक्ति बनेपनी पिताको बलिदानलाइ पोख्ने गीतहरु कमै बनेको देखेर पनि यो गीत लेखेको यस गीतका गीतकार डा.ओम कृष्ण प्रसाईंले रातोनेपाललाइ बताए।
यस गीतको संगीत चर्चित संगीतकार राज्य राई देमिनले गरेका हुन् भने एरेन्जर सन्जय हमाल हुन् ।भिडियो निर्देशन पनि देमिनले नै गर्दैछन् । यस गीतको चाडै मर्मस्पर्शी भिडियो निर्माण होस् समग्रलाइ रातोनेपालको पनि बधाइ/शुभकामना ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE